बुधबार, फागुन २७, २०८२

विदेशिने विद्यार्थीको दर १७५ प्रतिशतले बढ्यो, १० महिनामा ७५ अर्बभन्दा बढी बाहिरियो

 |  शुक्रबार, जेठ २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २६, २०८०

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- चालु आर्थिक वर्षको १० महिनामा विदेश पढ्न जाने विद्यार्थीले ७५ अर्ब खर्च गरेका छन्। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० महिनामा विदेश पढ्न जाने विद्यार्थीले ७५ अर्ब १४ करोड रुपैयाँ खर्च गरेका छन्।
गत वर्ष सोही अवधिमा ५१ अर्ब ३४ करोड खर्च गरेका थियो। पछिल्लो नौ महीनामा (२०७९ साउन-चैत) मा ८१ हजार ५०० विद्यार्थीले पढाइका लागि विदेश जाने अनुमतिपत्र (नो अब्जेक्शन लेटर- एनओसी) लिएका छन्। पछिल्लो एक वर्षको तथ्याङ्कले अध्ययनका लागि विदेशिने क्रम बढिरहेको देखाउँछ। आर्थिक वर्ष २०७७/७८ मा ४४ हजार विद्यार्थीले अनुमतिपत्र लिएका थिए भने २०७८/७९ मा एक लाख २१ हजार विद्यार्थीले अनुमतिपत्र लिए। एक वर्षमा १७५ प्रतिशतले वृद्धि भएको हो।
विद्यार्थीहरु विदेशिएसँगै २०० भन्दा बढी कलेजमा १०० जना पनि विद्यार्थी नहुँदा कलेजहरू गाभ्ने निर्णयमा विश्वविद्यालय अनुदान आयोग पुगेको छ।
विश्वविद्यालय अनुदान आयोगका निर्देशक केदारप्रसाद आचार्यका अनुसार १०० भन्दा कम विद्यार्थी भएका सामुदायिक कलेज गाभ्ने र आङ्गिक कलेजको हकमा न्यून विद्यार्थी भएका कार्यक्रम समेत गाभ्न मापदण्ड बनाएर अवधारणापत्र तयार गरिसकिएको छ। ११ विश्वविद्यालयका १५० आङ्गिक कलेज, ५३७ सामुदायिक कलेज र ७७३ सम्बन्धन प्राप्त निजी गरी कुल एक हजार ४४० कलेजको समस्या नै ‘विद्यार्थी अभाव’ भएको छ।
विश्वव्यापीकरणको समयमा नेपाली विद्यार्थी अन्यत्र गएर पढ्नुलाई सकारात्मक नै लिनुपर्ने भए पनि नेपालबाट भने पढ्ने मात्र उद्देश्यले भन्दा पनि ने आफ्नो सीप नबिक्ने स्थितिले विदेश जाने गरेका शिक्षाविद्हरुको विश्लेषण छ। 
चालु आर्थिक वर्षको १० महिनामा चार लाख २१ हजारभन्दा बढीले देश छोडेका छन्। देशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१.४ प्रतिशतले वृद्धि भई चार लाख २१ हजार २७९ पुगेको छ। 
१० खर्ब पाँच अर्ब रुपैयाँ रेमिट्यान्स आएको छ।  राष्ट्र बैंकका अनुसार गतवर्षको तुलनामा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेको हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.५ प्रतिशतले बढेको थियो। 
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.४ प्रतिशतले वृद्धि भई सात अर्ब ७० करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १.२ प्रतिशतले घटेको थियो।

प्रकाशित: Jun 09, 2023| 19:25 शुक्रबार, जेठ २६, २०८०
प्रतिक्रिया दिनुहोस्