आइतबार, वैशाख १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • १० महिनामा रोजगारीका लागि ४ लाख २१ हजारभन्दा बढीले देश छोडे 

१० महिनामा रोजगारीका लागि ४ लाख २१ हजारभन्दा बढीले देश छोडे 

 |  शुक्रबार, जेठ २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २६, २०८०

National life
kumari

काठमाडौं- चालु आर्थिक वर्षको १० महिनामा चार लाख २१ हजारभन्दा बढीले देश छोडेका छन्। देशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१.४ प्रतिशतले वृद्धि भई चार लाख २१ हजार २७९ पुगेको छ। 
१० खर्ब पाँच अर्ब रुपैयाँ रेमिट्यान्स आएको छ।  राष्ट्र बैंकका अनुसार गतवर्षको तुलनामा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेको हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.५ प्रतिशतले बढेको थियो। 
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.४ प्रतिशतले वृद्धि भई सात अर्ब ७० करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १.२ प्रतिशतले घटेको थियो।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ३.७ प्रतिशतले वृद्धि भएर दुई लाख ३८ हजार ९७६ पुगेको छ।  अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १८५.५ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा खुद ट्रान्सफर २२.५ प्रतिशतले वृद्धि भई १११० अर्ब २२ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ०.३ प्रतिशतले बढेको थियो।

प्रकाशित: Jun 09, 2023| 18:30 शुक्रबार, जेठ २६, २०८०
प्रतिक्रिया दिनुहोस्