बुधबार, फागुन २७, २०८२

थुप्रै रोगमा लाभदायक सजीवन

 |  शनिबार, जेठ २७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २७, २०८०

काठमाडौं- सजीवन स्वास्थ्यको लागि एकदमै लाभदायक तरकारी हो। चिकित्सकका अनुसार सजीवनमा भएको क्लोरोजेनिक एसिडले वजन घटाउनका साथै अन्य थुप्रै प्रकारको रोग नियन्त्रणमा सहायक हुन्छ।

National life

सजीवनको पात, जरा र फूल औषधिय गुणले भरिपूर्ण छ। सजीवनलाई तराईतिर स्थानीय भाषामा मुइनगा अथवा मुनगा भनिन्छ। यसलाई भारतमा सुपर फुड भनेर चिनिन्छ भने आयुर्वेदमा यसलाई अमृत भनिएको छ। 

सजीवनको तरकारी पकाउनुको साथै दालमा हालेर पकाउँदा दाल कैयौं गुणा पोषक तत्वले भरिपूर्ण हुने चिकित्सक बताउँछन्। यसको पात र जराको प्रयोग आयुर्वेदमा गरिएको पाइन्छ।  

यसको डाँठमा एन्टी इन्फ्लेमेटरी, एन्टी फंगल र एन्टीभाइरल तत्व पाइन्छ। यसका साथै पोटाशियम, फास्फोरस, आयरन जस्तो मिनरल पनि भरपुर मात्रामा पाइने चिकित्सक बताउँछन्। सजीवनको सेवनले शरीरमा इम्युनिटी बढ्नुको साथै यो मधुमेहमा समेत उत्तिकै लाभकारी छ। मधुमेहका बिरामीलाई यसको तरकारी र पातको सेवन गर्नु लाभदायक हुन्छ। सजीवनमा पाइने राइबोफ्लेविनले ब्लडमा सुगरलाई नियन्त्रित राख्नमा मद्दत गर्छ। 

सजीवन घुँडा दुखाइमा समेत सजीवन एकदमै लाभदायक मानिन्छ। आयुर्वेदमा सजीवनको रुखको बाहिरी भागको पाउडर बनाएर महसँग सेवन गर्न लाभदायक हुन्छ। सजीवनको तरकारी र दाल दैनिक उपभोग गर्नु एकदमै लाभदायक मानिन्छ। यद्यपि कुनै पनि रोगको लागि सजीवनको प्रयोग गर्दा चिकित्सकको सम्पर्क आवश्यक हुन्छ।
-एनडीटीभीको सहयोगमा

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 10, 2023| 06:51 शनिबार, जेठ २७, २०८०
प्रतिक्रिया दिनुहोस्