NadaNada
शनिबार, भदौ ७, २०८२

सातजना मृत फेला, दुर्घटनामा दुईको मृत्यु

 |  शुक्रबार, जेठ २६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २६, २०८०

vianetvianet

उदयपुर, ताप्ली गाउँपालिका-५ कुमलटारस्थित सुनकोशी नदीको किनारामा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

दाङ, घोराही उपमहानगरपालिका-१५ डेरा गरी टेन्ट हाउसमा काम गर्दै बस्ने भारत घर भएका ६२ वर्षीय रमेश सिंह चौहान आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फला परेका छन्।

यसैगरी दाङ, तुलसीपुर उपमहानगरपालिका-९ बेलुवामा डेरा गरी बस्ने सल्यान शिद्धकुमाख गाउँपालिका-३ घर भएका ५० वर्षीया हरि बोहरा आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

सिन्धुली, कमलामाई नगरपालिका-८ हर्दिया बस्ने ३२ वर्षीय उज्वल बराल फिक्कल गाउँपालिका-४ पोखरीडाँडास्थित पाखो बारीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन्। काठमाडौं जान्छु भनी हिँडेकोमा घरको सम्पर्कमा नआएपछि ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले आफन्तको सहयोगमा खोजी गर्ने क्रममा उक्त बारीमा उनको शव फेला परेको हो।

रूकुम(पूर्व), भुमे गाउँपालिका-३ सिमा रुक्चाडाँडा बस्ने ७५ वर्षीय भानबिर बिक सोही ठाउँस्थित लुकुम गार्ड खोलाको किनारमा शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

Metro Mart

सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका-९ ज्यामिरे बस्ने ७२ वर्षीय काले कामी सोही ठाउँस्थित भिरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

रोल्पा, सुनिलस्मृती गाउँपालिका-३ मिझिङ बस्ने ६२ वर्षीय उदिन घर्ती मगर सोही ठाउँ पेल्टुङस्थित सामुदायिक जंगलमा शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

सवारी दुर्घटनामा मृत्यु
स्याङ्जा, गल्याङ नगरपालिका-५ जोगिमारास्थित सडकमा ग.१ क ४८९३ नम्बरको जेसिबी र ग.१ त ५३४८ नम्बरको ट्याक्टरमा च्यापिएर ट्याक्टर साहु सोही ठाउँ बस्ने ५३ वर्षीय बिष्णु बस्याल क्षेत्रीको शुक्रबार बिहान मृत्यु भएको छ। गिट्टी लोड गर्ने क्रममा जेसिबी टेकाउने स्टेन चिप्लिन गई ट्याक्ट्ररको पछाडी बसिरहेकोमा अवस्थामा ज्यापिएर गम्भीर घाइते भएका उनको मिर्मी अस्पताल स्याङ्जामा उपचारको क्रममा मृत्यु भएको हो। दुबै सवारी साधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

धनुषा, मिथिला नगरपालिका-१० धारापानी चौरीस्थित सडकमा शुक्रबार बिहान प्र.१-०२-००४६ प ८३३९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक गणेशमान चारनाथ नगरपालिका-४ वीरेन्द्रबजार बस्ने २४ वर्षीय रोनक साहको मृत्यु भएको छ। साइकललाई ठक्कर दिई भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको कुस्ठरोग अस्पताल लालगढमा उपचारको क्रममा मृत्यु भएको हो। घाइते भएका साइकलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Jun 09, 2023| 16:24 शुक्रबार, जेठ २६, २०८०
प्रतिक्रिया दिनुहोस्