शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • माछापुच्छ्रे बैंकका ग्राहकले केएफसी, क्रिमबेल र पिज्जा हटमा १० प्रतिशत क्यासब्याक पाउने

माछापुच्छ्रे बैंकका ग्राहकले केएफसी, क्रिमबेल र पिज्जा हटमा १० प्रतिशत क्यासब्याक पाउने

 |  शुक्रबार, जेठ २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २६, २०८०

काठमाडौं- माछापुच्छ्रे बैंक र दिव्यानी इन्टरनेसनल नेपालबीचबीच व्यवसायिक सहकार्य गर्ने सम्झौता भएको छ। केएफसीलगायतका आउटलेट दिव्यानी इन्टरनेसनल नेपाल प्रालिबाट संचालित छ। केएफसीसँगै क्रिमबेल र पिज्जा हटका आउटलेट उक्त कम्पनी मातहत संचालनमा छन्।

National life

सम्झौता अनुसार बैंकका ग्राहकहरूले दिव्यानी इन्टरनेशनलमा आवद्ध भएका केएफसी, क्रिमबेल र पिज्जा हट आउटलेटहरुमार्फत खानाका परिकार अर्डर गर्दा क्यूआर वा पोस मेसिनमार्फत डेबिट/क्रेडिट प्रयोग गरी डिजिटल भुक्तानी गर्दा दैनिक पहिलो कारोबारमा १० प्रतिशत (बढीमा १८० रुपैयाँ) सम्म क्यासब्याक पाउने बैंकले जनाएको छ।

बैंकले डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ आफ्ना ग्राहकको सुविधाका लागि उक्त क्यासब्याक योजना जेठ २५ देखि असार २६ गतेसम्म प्रदान गर्दैछ।

 

प्रकाशित: Jun 09, 2023| 16:19 शुक्रबार, जेठ २६, २०८०
प्रतिक्रिया दिनुहोस्