शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • प्रभु लाइफमा महालक्ष्मीलाई मर्ज गर्ने प्रस्ताव पारित

प्रभु लाइफमा महालक्ष्मीलाई मर्ज गर्ने प्रस्ताव पारित

 |  शुक्रबार, जेठ २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २६, २०८०

काठमाडौं- प्रभु लाइफ इन्स्योरेन्सले महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई बराबरी हैसियतमा मर्ज गर्ने प्रस्ताव अनुमोदन गरेको छ। मर्जरपछि कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड रहने कम्पनीको पाँचौं वार्षिक साधारणसभाले पारित गरेको छ।

National life

सभाले गत आर्थिक वर्षको नाफाबाट वितरण गरिने लाभांश पनि पारित गरेको छ। सभाले १०.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। यस्तै, संस्थापकका तर्फबाट शिक्षा भट्टचन, जास भट्टचन, श्यामकृष्ण श्रेष्ठ र सुसन शेरचन सञ्चालक समिति सदस्यमा चुनिएका छन्।

त्यसैगरी, महालक्ष्मी लाइफको पनि शुक्रबारै सम्प‍न्‍न साधारण सभाले असारभित्र एकीकृत कारोबार सुरु गर्ने गरी प्रभु लाइफसँगको मर्जर प्रस्ताव पारित गरेको छ। कम्पनीको पाँचौं वार्षिक साधारणसभामा बीमा प्राधिकरणको निर्देशनअनुसार असार मसान्त भित्र दुवै कम्पनी मर्ज भएर एकीकृत कारोबार सुरु गर्ने जानकारी गराइएको थियो।

साधारण सभाले वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरेको छ।  साधारणसभाले प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स बीच १ बराबर १ सेयर अनुपातमा हुने मर्जर प्रस्तावलाई स्वीकृति दिएको छ । मर्जरपछि बन्ने कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड हुनेछ।

 

प्रकाशित: Jun 09, 2023| 16:16 शुक्रबार, जेठ २६, २०८०
प्रतिक्रिया दिनुहोस्