शनिबार, साउन ३०, २०८३

मुर्राको अनावश्यक चर्चा कृषि क्षेत्रको अपमान: किसान महासंघ

 |  शुक्रबार, जेठ २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २६, २०८०

काठमाडौं- अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा नेपाललाई भारतले दिन लागेका १५ वटा मुर्रा राँगाको विषयलाई केही राजनीतिक दलले संसद्‍मा अनावश्यक उचालेको भन्दै आपत्ति जनाएको छ।

महासंघले मुर्राबारे केही सांसदले बोलेको विषयले देशको दुई तिहाइ जनसंख्या ओगट्ने नेपाली किसान र राष्ट्रिय अर्थतन्त्रमा एक तिहाई योगदान गर्ने कृषि क्षेत्रलाई अपमान गरेको जनाएको छ। 'कृषि क्षेत्रलाई अपमान र युवाहरूलाई कृषिबाट विस्थापित गर्ने गरी अपमानजनक भाषामा संसद्‍मा प्रहसन गरिएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। हामी सो कार्यको तीव्र निन्दा तथा भर्त्सना गर्दछौं’, महासंघले विज्ञप्ति जारी गर्दै भनेको छ।

 

प्रकाशित: Jun 09, 2023| 16:05 शुक्रबार, जेठ २६, २०८०
प्रतिक्रिया दिनुहोस्