NadaNada
शनिबार, भदौ ७, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि झिकाउन सर्वोच्चको आदेश

नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि झिकाउन सर्वोच्चको आदेश

 |  शुक्रबार, जेठ २६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २६, २०८०

vianetvianet

काठमाडौं- सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको प्रतिलिपि झिकाउन आदेश दिएको छ।

शुक्रबार सर्वोच्चका न्‍यायाधीशद्वय प्रकाशमान सिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासले विधेयकको प्रतिलिपि झिकाउन आदेश दिएको हो।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले उक्त प्रमाणीकरणविरूद्ध सर्वोच्चमा रिट निवेदन दिएका थिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गरेको प्रमाणीकरण गराउन अनुरोध गर्ने जेठ १२ गतेको निर्णय र राष्ट्रपति पौडेलबाट जेठ १७ गते भएको प्रमाणीकरणको प्रतिलिपि राष्ट्रपति कार्यालय शीतलनिवासबाट झिकाउन आदेश दिइएको छ।

रिटको अन्तिम पेशी जेठ ३० गतेका लागि तोकिएको छ।

प्रकाशित: Jun 09, 2023| 15:22 शुक्रबार, जेठ २६, २०८०
प्रतिक्रिया दिनुहोस्