शनिबार, साउन ३०, २०८३

घुस लिएको अभियोगमा पक्राउ

 |  शुक्रबार, जेठ २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २६, २०८०

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार रुपैयाँ घुस लिएको अभियोगमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका मेडिकल ल्याव टेक्नोलोजिस्ट लेखनाथ भट्टराईलाई पक्राउ गरेको छ। 

आयोगका प्रवक्ता भोला दाहालका अनुसार ल्याव दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा पुगेको आयोगको टोलीले उनलाई शंखमूलबाट पक्राउ गरेको हो।

आरोपी भट्टराईमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ। 

प्रकाशित: Jun 09, 2023| 15:00 शुक्रबार, जेठ २६, २०८०
प्रतिक्रिया दिनुहोस्