आइतबार, असार २८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी केबलकारमा १० प्रतिशत छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी केबलकारमा १० प्रतिशत छुट

 |  शुक्रबार, जेठ २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २६, २०८०

ग्लोबल आइएमई बैंकका ग्राहकहरुले लुम्बिनी केबलकारको टिकट किन्दा १० प्रतिशत क्यासब्याक पाउने भएका छन्। बैंकको मोबाइल एपबाट टिकट किन्दा उक्त छुट पाइने बैंकले जनाएको छ।

बैंकले बुटवलमा बनेको लुम्बिनी केबलकारको टिकट खरिदमा क्यासब्याक उपलब्ध हुने योजना सार्वजनिक गरेको हो।

योजनाअन्तर्गत बैंकको मोबाइल एप ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताले बैंकको क्यूआरमार्फत भुक्तानी गर्दा, डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताले बैंकको पोस मेसिनबाट टिकट किन्दा १० प्रतिशत तथा अधिकतम एक सय रुपैयाँसम्म क्यासब्याक पाउनेछन्।

यो योजना सीमित अवधिको लागि लागू हुने बैंकले जनाएको छ।

प्रकाशित: Jun 09, 2023| 14:46 शुक्रबार, जेठ २६, २०८०
प्रतिक्रिया दिनुहोस्