शुक्रबार, जेठ १, २०८३

इसेवा मनी ट्रान्सफरबाट पैसा पठाउँदा घर उपहार

 |  शुक्रबार, जेठ २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २६, २०८०

काठमाडौं- डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियानमा पूर्णबहादुर श्रेष्ठले काठमाडौंमा दुईतल्लाको घर जितेका छन्।

National life

लुलु एक्स्चेन्ज र इसेवा मनी ट्रान्सफरको समन्वयमा लुलु शाखा,सारजाहमा विशेष कार्यक्रम गरी विजेता श्रेष्ठलाई बधाई ज्ञापन गरिएको थियो र इसेवा मनी ट्रान्सफरका, सम्बन्ध प्रबन्धक, ईश्वर अधिकारिले उक्त कार्यक्रममा पूर्णबहादुर श्रेष्ठलाई नेपालमा हुने विशेष हस्तान्तरण समारोहमा निमन्त्रणा पनि दिएका छन्।

कार्यक्रममा लुलुका उपमहाप्रबन्धक फैसल अहमदस सञ्चालन प्रमुख रघुपति वेन्कीटाकृष्णनस सञ्चालन प्रमुख डिजिटल हरेश पिल्लै, मिडिया तथा मार्केटिङ प्रबन्धक अजिम उम्मेर र शाखामा अन्य ग्राहकहरूको उपस्थिति थियो। विजेता श्रेष्ठले ललितपुरको महालक्ष्मी नगरपालिका-४ इमाडोल, बोजेपोखरीमा ३ आना क्षेत्रफलमा बनेको साढे दुईतल्लाको घर जित्न सफल भएका हुन्। पूर्णबहादुर श्रेष्ठले लुलु एक्स्चेन्ज, युएईबाट इसेवा मनी ट्रान्सफरमार्फत बैंक खातामा रेमिट्यान्स् पठाएका थिए।

इसेवा मनी ट्रान्सफरले विदेशबाट आउने रेमिट्यान्सलाई बैधानिक बनाउन प्रोत्साहन गर्ने उद्देश्यले ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको थियो। डिजिटल रेमिट्यान्स्लाई प्रोत्साहन गर्दै आएको कम्पनीले ‘मेरो डिजिटल देश’ अभियानमार्फत विश्वका जुनसुकै मुलुकमा रहेका नेपालीले नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा इसेवा वालेटमा पैसा पठाउँदा एक जनालाई बम्पर उपहार स्वरुप काठमाडौंमा साढे दुई तलाको घर दिने घोषणा गरेको थियो।

७ असोजदेखि जेठ ६ गतेसम्म रेमिट्यान्स् पठाउने व्यक्तिहरू यस अभियानमा सहभागी भएका थिए। ‘मेरो डिजिटल देश’ अभियानअन्तर्गत हरेक महिना सेवाग्राहीको घरसम्म पुगी आकर्षक उपहारसमेत प्रदान गरेका थियौं। इसेवा मनी ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाखभन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तीय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ।

प्रकाशित: Jun 09, 2023| 15:09 शुक्रबार, जेठ २६, २०८०
प्रतिक्रिया दिनुहोस्