शनिबार, असार २७, २०८३

भर्‍याङ र पूजाकोठा कहाँ बनाउने?

 |  शुक्रबार, जेठ २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २६, २०८०

वास्तुशास्त्रले भर्‍याङ कता राख्ने भन्ने सवालमा धेरै जोड दिएको छैन। सबै वास्तु मिलेको छ भने यसलाई जता राख्दा पनि हुन्छ। दक्षिणतर्फ घरको भार बढी हुन्छ भन्ने मान्यता छ। त्यसैले भर्‍याङलाई दक्षिणतर्फ वा नभए पश्चिमतर्फ राख्नु उपयुक्त मानिन्छ।

पूर्वोत्तर कुनामा पूजाकोठा राख्न सकिन्छ। हामी बिहान उठेपछि सबैभन्दा पहिले जाने ठाउँ पूजाकोठा नै हो। पूर्वोत्तर कोठाबाटै ऊर्जा उत्पन्न हुने र पूजा कोठा अरुको तुलनामा बढी सफा पनि हुने भएकोले पूजा कोठालाई पूर्वोत्तर कुनामा नै राख्ने चलन छ। तर कुनै भगवान विशेषको मन्दिर बनाउने हो भने भगवान अनुसार ठाउँ चयन गरिन्छ। जस्तो, हनुमानको मन्दिर छ भने बलको दिशा मानिने दक्षिणतिर बनाउँदा राम्रो हुन्छ। सरस्वतीको मन्दिर हो भने पश्चिमतिर बनाइन्छ। यसरी भगवान अनुसार मन्दिरको दिशा चयन गरिन्छ।

अर्कोतर्फ वास्तु विज्ञानले सकारात्मक ऊर्जा पैदा गर्ने खालका तस्वीर र फूल पनि घरमा राख्न सकिने बताउँछ। घरमा भएको तस्वीर र सामग्रीले मान्छेको मानसिकतालाई असर गर्छ। घरमा सधैं हाँसिरहेको मानिसको तस्वीर राख्ने हो भने त्यसले सकारात्मक ऊर्जा पैदा गर्छ । त्यसैले तस्वीर राख्दा युद्ध र अपराधसँग सम्बन्धी तस्वीरहरु राख्नु हुँदैन ।

 

प्रकाशित: Jun 09, 2023| 19:07 शुक्रबार, जेठ २६, २०८०
प्रतिक्रिया दिनुहोस्