शुक्रबार, जेठ १, २०८३

मेटलाइफ इन्स्योरेन्सले ल्यायो इ-म्यान्डेट फिचर

 |  शुक्रबार, जेठ २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २६, २०८०

काठमाडौं- मेटलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले डिजिटल स्ट्यान्डिङ इन्ट्रक्सन (ई–म्यान्डेट) फिचर आफ्नो सिस्टम नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) आबद्ध गरेको छ। कम्पनीले नेपाल क्लियरिङ हाउस र स्ट्याण्डर्ड चार्टर्ड बैंकसँगको सहकार्यमा प्रिमियम भुक्तानीका लागि एनपीआई आबद्ध गरेको हो।

National life

नेपालको बीमा क्षेत्रमा यो फिचर मेटलाइफ नेपालले पहिलोपटक ल्याएको हो। यो त्रिपक्षीय सम्झौतासँग मेटलाइफ नेपालका ग्राहकले अब आफूले तिर्नुपर्ने प्रिमियमको भुक्तानी सजिलै ई–म्यान्डेट फिचरबाट गर्न सक्नेछन्। मेटलाइफमा लगइन गरेपछि यो फिचरमा आबद्ध भएका ग्राहकले प्रिमियम भुक्तानीको अन्तिम मितिमा ग्राहकको खाताबाट सीधै भुक्तानी गर्न सक्नेछन्।

ई–म्यान्डेटमार्फत गरिने भुक्तानीले नियमित भुक्तानीलाई समर्थन गर्दछ। यो सुविधा लिएका ग्राहकले निश्चित मितिहरुमा त्यस्ता भुक्तानी डिजिटल रुपमा गर्न सक्ने कम्पनीले जनाएको छ।

 

प्रकाशित: Jun 09, 2023| 14:24 शुक्रबार, जेठ २६, २०८०
प्रतिक्रिया दिनुहोस्