आइतबार, असार २८, २०८३

१० महिनामा भित्रियो १०५ अर्ब रेमिटेन्स

 |  शुक्रबार, जेठ २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २६, २०८०

काठमाडौं- चालु आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्म १० महिनामा १० खर्ब ५ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.४ प्रतिशतले बढी हो।

राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको १० महिनाको वित्तीय विवरणअनुसार वैशाख महिनामा मात्रै १ खर्ब २ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको छ। यसअघि चैतमा १ खर्ब ९ अर्ब भित्रिएको थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रमस्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१.४ प्रतिशतले बढेको छ। जसले गर्दा रेमिटेन्स बढेको हो। १० महिनामा संस्थागत तथा व्यक्तिगत गरी ४ लाख २१ हजार २७९ नेपालीले अन्तिम श्रम स्वीकृति (नयाँ) लिएका छन्।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या २ लाख ३८ हजार ९७६ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १८५.५ प्रतिशतले बढेको थियो।

 

प्रकाशित: Jun 09, 2023| 13:29 शुक्रबार, जेठ २६, २०८०
प्रतिक्रिया दिनुहोस्