राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि स्वीट्जरल्याण्डकी राजदूत एलिजावेथ भोन क्यापेलरले भेटवार्ता गरेकी छन्। राजदूत क्यापेलर आफ्नो कार्यकाल सकेर स्वदेश फर्कंदैछिन्।
उनले शुक्रबार राष्ट्रपति निवास पुगेर राष्ट्रपति पौडेलसँग बिदाइ भेट गरेकी हुन्। राष्ट्रपति पौडेलले स्वीस सरकारले नेपालको विकास र नेपालीप्रति देखाएको सद्भाव उदाहरणीय रहेको बताएका थिए।
राष्ट्रपति पौडेलले दुई देशबीचको सम्बन्ध आगामी दिनमा अझै प्रगाढ हुँदै जाने विश्वाससमेत व्यक्त गरेको उनको सचिवालयले जनाएको छ।