शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ठगी रोक्न अनलाइन प्रणालीबाटै पूर्व र अन्तिम श्रम स्वीकृति दिने तयारी

ठगी रोक्न अनलाइन प्रणालीबाटै पूर्व र अन्तिम श्रम स्वीकृति दिने तयारी

वैदेशिक रोजगारमा ठगी बढेसँगै सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउन मन्त्रालयले आगामी १ साउनदेखि पूर्व र अन्तिम श्रम स्वीकृति अनलाइनबाटै दिन लागेको हो।
 |  शुक्रबार, जेठ २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २६, २०८०

काठमाडौं–  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी १ साउनदेखि स्वचालित प्रणालीबाट पूर्व र अन्तिम श्रम स्वीकृति दिने भएको छ।
वैदेशिक रोजगारसम्बन्धी सेवा प्रवाह नागरिकमैत्री र प्रविधिमैत्री हुँदै गएकाले अबदेखि स्वचालित प्रणालीबाट पूर्व र अन्तिम श्रम स्वीकृति दिने निर्णय गरिएको मन्त्रालयले बताएको हो।

National life

वैदेशिक रोजगार व्यवस्थापनसम्बन्धी सेवा प्रवाह गर्ने कार्यालय तथा निकायबाट प्रवाह हुने सेवालाई सकेसम्म प्रविधिमैत्री बनाउन यस प्रकारको निर्णय गरिएको मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए। निर्णयसँगै श्रम स्वीकृति दिन तय गरिएका दुई तहको व्यवस्था खारेज गरी अधिकृतमुखी बनाइएको उनले जानकारी दिए।

श्रम सचिव अर्यालले वैदेशिक रोजगार विभागको सूचना व्यवस्थापन प्रणाली (फेमिस) मार्फत श्रमिकले अनलाइन आवेदन गरी समयमै श्रम स्वीकृति लिन सक्नेछन्। श्रम स्वीकृति प्रक्रियालाई एक तहमा सीमित गर्दा सरल, सहज हुनुका साथै पारदर्शी एवं सेवाग्राहीमैत्री हुने उनको भनाइ छ।

अहिले पनि वैदेशिक रोजगारलाई आधुनिक सूचना प्रविधिमा आधारित बनाउँदै प्रभावकारी सेवा प्रवाह गर्न वैदेशिक रोजगार व्यवस्थापन सेवा प्रवाह कार्यविधि, २०७८ कार्यान्वयनमा छ। 

निर्णय लागु भएसँगै इजाजतपत्र संस्थालाई पूर्ण जिम्मेवार बनाउन विभाग र मातहतका कार्यालयबाट निरन्तर अनुगमन गरिनेछ। वैदेशिक रोजगार ऐन, २०६४ मा भएको वैदेशिक रोजगारीमा जाने हरेक श्रमिकले अनिवार्य रूपमा श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ।

आगामी दिनमा सम्बन्धित वैदेशिक रोजगारीमा पठाउने कम्पनीले आफ्नो कम्पनीमा बसेर सूचना प्रविष्ट गरे वैदेशिक रोजगार ऐन, २०६४ र नियमावली, २०६४ बमोजिम कम्पनी खारेजीसम्म हुने निर्णय गरिएको उनले बताए। 

प्रकाशित: Jun 09, 2023| 12:34 शुक्रबार, जेठ २६, २०८०
प्रतिक्रिया दिनुहोस्