NadaNada
आइतबार, भदौ ८, २०८२

सवारी दुर्घटनामा तीनको मृत्यु, ६ जना मृत फेला

 |  शुक्रबार, जेठ २६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २६, २०८०

vianetvianet

काठमाडौं- मोरङ, उर्लाबारी नगरपालिका-३ नयाँ मंगलबारेस्थित सडकमा मे.१ ख ३०७३ नम्बरको बसले प्र.१-०१-०१३ प २९० नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक झापा कमल गाउँपालिका-२ बस्ने ३४ वर्षीय पवन सुवेदीको बिहीबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

अर्घाखाँची, सन्धिखर्क नगरपालिका-९ टाँडिस्थित सडकमा लु.३ च ७३७९ नम्बरको रोकी राखेको जीप अचानक गुड्न गई बिहीबार राति दुर्घटना हुँदा जीपमा सवार मालारानी गाउँपालिका-६ म्यालपानी घर भई सन्धिखर्क नगरपालिका-१ पाणिनीचोक बस्ने सरिता महतको छोरा ६ वर्षीय सक्षम महतको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारको क्रममा मृत्यु भएको हो। जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

झापा, दमक नगरपालिका-९ बुद्धचोकस्थित सडकमा को.३७ प ८१३९ नम्बरको मोटरसाइकल बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ६४ वर्षीया हिरादेवी धिमालको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको निम्स अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।

मृत फेला
कपिलवस्तु, कृष्णनगर नगरपालिका-८ बहादुरगंज बजारस्थित शिव मन्दिरमा सोही नगरपालिका देबनगडीया बस्ने ६० वर्षीय शंकर कहार बिहीबार मृत अवस्थामा फेला परेका छन्।

रुपन्देही, मायादेवी गाउँपालिका-१ धमौली बस्ने ५० वर्षीय कपिल लोध सोही ठाउँस्थित बारीमा बिहीबार मृत अवस्थामा फेला परेका छन्।

Metro Mart

कञ्चनपुर, बेलडाँडी गाउँपालिका-४ झिलमिला गड्डा टोल बस्ने ४५ वर्षीया दुर्गा थापा सोही ठाउँस्थित उखुबारीमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन्।

रौतहट, परोहा नगरपालिका-७ स्थित पोखरीमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ६ वर्षीया बालिका बिहीबार मृत अवस्थामा फेला परेकी छिन्।

काभ्रे, भुम्लु गाउँपालिका-७ राजकोटस्थित सुनकोशी नदीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन्।

मोरङ, केराबारी गाउँपालिका-५ बस्ने ३८वर्षीय युवराज रानामगर सोही ठाउँस्थित बाटोमा बिहीबार मृत अवस्थामा फेला परेका छन्।

डुबेर मृत्यु
बासगढी नगरपालिका-१ बातुल्लेस्थित खोचेखोलामा नुहाउने तथा कपडा धुने क्रममा डुबेर २ जनाको बिहीबार साँझ मृत्यु भएको छ। मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने खिम बहादुर परियारकी छोरी ८ वर्षीया पुष्पा परियार र किसन विककी छोरी ९ वर्षीया आशा विक रहेका छन्।

प्रकाशित: Jun 09, 2023| 11:46 शुक्रबार, जेठ २६, २०८०
प्रतिक्रिया दिनुहोस्