NadaNada
आइतबार, भदौ ८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • एक करोडसम्मको घरबीमा वार्षिक ५०० देखि ४५०० मा इसेवाबाटै गर्न सकिने

एक करोडसम्मको घरबीमा वार्षिक ५०० देखि ४५०० मा इसेवाबाटै गर्न सकिने

 |  बिहीबार, जेठ २५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २५, २०८०

vianetvianet

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले युएसएड, तयार र शिखर इन्स्योरेन्ससँगको साझेदारीमा बिमा प्रक्रियालाई डिजिटाइज गरी अझ सरलीकरण गर्न घर बीमा सुविधा ल्याएको छ। हाललाई यो योजना सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिकामा लागु हुनेछ। साथै अन्य इच्छुकले पनि नेपालभर नै यो सुविधा लिन सकिनेछ।

यस योजना इसेवाको मोबाईल एप भित्र रहको इन्स्योरेन्स् शिर्षकमा सूचीबद्ध सेवा मार्फत सजिलै घर बीमा खरिद गर्ने सुविधा प्राप्त गर्न सकिनेछ। बीमा नीति अनुसार एक करोड सम्मको बिमा हुने यस योजनामा वार्षिक रू ५०० देखि ४५०० रूपैयाँसम्म भुक्तानी गर्नुपर्नेछ।

बिमा मुल्य घरको विश्वसनीयता र मूल्य निर्धारणबाट तय हुनेछ। यस योजनामा सहभागि हुन घर धनीले घरको तस्विर, अपेक्षित मूल्य र त्यसको सम्पती विवरण इसेवमा एप मार्फत अपलोड गर्नुपर्नेछ। इसेवाले यस अघि नै ग्राहक तथा ग्राहकका आफन्त र साथीभाईमा लागु हुनेगरि इसेवा केयर सञ्चालनमा ल्याइसकेको छ।

हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७० लाख ५० हजार ग्राहकले सेवा लिइरहेका छन्। यसैभरी देशभर रहेका दुई लाख बढि एजेन्ट मार्फत अप्रत्यक्ष रुपमा डेढ करोड भन्दा जनसंख्याले सेवा लिइरहेका छन्। इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सुविधाको भुक्तानी गर्न सकिन्छ।

प्रकाशित: Jun 08, 2023| 19:01 बिहीबार, जेठ २५, २०८०
प्रतिक्रिया दिनुहोस्