शुक्रबार, जेठ १, २०८३

ताइवानी ब्रान्ड प्रोमेटका उत्पादन नेपाली बजारमा

 |  बिहीबार, जेठ २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २५, २०८०

काठमाडौं- ताइवानी ब्रान्ड प्रोमेटका विभिन्न उत्पादनहरु नेपाली बजारमा सार्वजनिक भएका छन्। सेल्लुसिटी इन्टरनेसनल प्रालिले प्रोमेटका इयर पड्स, हेडफोन, ब्लुटुथ स्पिकर, स्मार्ट वाचलगायतका उपकरणहरु नेपाल भित्र्याएको हो।

National life

बुधबार काठमाडौंमा एक कार्यक्रममार्फत सेल्लुसिटी इन्टरनेसनलले जुन १५ सम्म दराज अनलाइन स्टोरमा विशेष छुटका साथ ब्रिकी खुला गर्दै ब्रान्ड नेपाल भित्र्याएको जानकारी दिएको हो।

सन् २००१ मा स्थापना भएको प्रोमेटले हालसम्म लाखौँ ग्राहकहरुको माया र प्रविधि क्षेत्रका थुप्रै पुरस्कारहरु पनि प्राप्त गर्न सफल भएको कम्पनीले जनाएको छ।

सेल्लुसिटीले नेपाली बजारमा स्मार्टफोन केस, ब्लुटुथ स्पिकर, एप्पल मोबाइलका उपकरण डाटा केबल, कार चार्जर, इयर पड्स, हेडफोन, यूएसबी हब र स्मार्ट वाच भित्र्याएको हो। सेल्लुसिटीले सम्पूर्ण उपकरणमा २४ महिना र स्मार्ट वाचमा १२ महिनाको वारेन्टी दिएको छ।

जेठ ३२ सम्म उद्घाटन अवधिभर दराज फ्लास सेलमार्फत आफ्ना सामग्री खरिद गर्ने दुईजनालाई एक-एकवटा सुनको सिक्का दिने कम्पनीले बताएको छ।

यस्तै, पहिला १५० ग्राहकलाई ३० प्रतिशत छुट र लक्की ड्रमार्फत पाँचजनालाई प्रोमेटका सामग्री केवल ९९ रुपैयाँमा प्रदान गर्ने अफर समेत ल्याएको कम्पनीले जनाएको छ। अफर दराज अनलाइन स्टोरमा जेठ ३२ सम्म लागु रहने कम्पनीले बताएको छ।

 

प्रकाशित: Jun 08, 2023| 18:58 बिहीबार, जेठ २५, २०८०
प्रतिक्रिया दिनुहोस्