NadaNada
आइतबार, भदौ ८, २०८२

मैदा उद्योग संघको अध्यक्षमा पुन: कुमुद दुगड

 |  बिहीबार, जेठ २५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २५, २०८०

vianetvianet

काठमाडौं- नेपाल मैदा उद्योग संघको अध्यक्षमा पुन: कुमुदकुमार दुगड अध्यक्षमा चयन भएका छन्। संघको २३औं साधारणसभाबाट उनी पुन: अध्यक्षमा निर्विरोध चयन भएका हुन्।

संघको प्रथम उपाध्यक्षमा दिनेशकुमार अग्रवाल, द्वितिय उपाध्यक्षमा अरुण गोयन्का र तृतिय उपाध्यक्षमा विकास वेगवानी चयन भएका छन्। संघको महासचिवमा राधेश्याम अग्रवाल, सचिवद्वयमा आनन्द ओझा, धिरज गोल्छा र संजय अग्रवाल र कोषाध्यक्षमा विनोदकुमार अग्रवाल चयन भएका छन्।

संघले मैदा शतप्रतिशत कृषि प्रोसेसिङ उद्योग भएकाले मैदालाई कृषि उद्योगमा राखेर सुविधा दिनुपर्ने, गहुँको उत्पादन बढाउन सरकार, किसान र व्यवसायी मिलेर दीर्घकालिन नीति तर्जुमा गर्नुपर्ने,आत्मनिर्भर भइसकेकाले मैदाको आयात रोक्नुपर्ने र निर्यातको सम्भावना भएकाले नगद अनुदान दिनुपर्ने लगायतका निर्णय गरेको छ।

 

प्रकाशित: Jun 08, 2023| 18:56 बिहीबार, जेठ २५, २०८०
प्रतिक्रिया दिनुहोस्