NadaNada
आइतबार, भदौ ८, २०८२

शाओमीले ल्यायो भव्य एक्सचेन्ज अफर

 |  बिहीबार, जेठ २५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २५, २०८०

vianetvianet

काठमाडौं- ग्लोबल टेक्नोलोजी लिडर शाओमीले ‘एक्सचेन्ज अफर’ सार्वजनिक गरेको छ।

यो अफरमार्फत ग्राहकले कुनै पनि ब्रान्डको आफूले हाल चलाउँदै गरेको स्मार्टफोनसँग नयाँ शाओमी, रेडमी वा पोको फोन साटेर अपग्रेड गर्न सक्नेछन्। यसका साथै ग्राहकले रेडमी १२ ५जी* खरिद गर्न चाहेमा थप रु. १ हजार छुट पनि पाउनेछन्।

यस पहलका साथ शाओमीले ग्राहकलाई आफ्नो इकोसिस्टममा सामेल हुन सहज र किफायती तरिका प्रदान गर्दै अत्याधुनिक प्रविधिलाई विशाल दर्शकमाझ पहुँचयोग्य बनाउने लक्ष्य राखेको छ। ग्राहकलाई आफ्नो पुरानो स्मार्टफोन साट्नका लागि सुनौलो अवसर प्रदान गर्दै शाओमीले इलेक्ट्रोनिक वस्सट घटाउने र दिगोपन प्रवरद्ध्न गर्ने प्रतिबद्धता दर्साउँछ।

एक्सचेन्ज अफरका बारेमा चर्चा गर्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित पाण्डाले भने, ‘यो एक्सचेन्ज अफर हाम्रा ग्राहकमाझ ल्याएर ग्राहकलाई अझ बढी किफायती मूल्यमा हाम्रा स्मार्टफोनको गुणस्तर र नवीनतम सुविधा प्रस्तुत गर्न पाउँदा हामी निकै उत्साहित छौँ। यसैबीच रेडमी १२ ५जी को खरिदमा थप रु. १ हजार छुट प्रदान गर्दै हामी हाम्रा ग्राहकलाई शाओमी रोज्नुभएकोमा आभार व्यक्त गर्न चाहन्छौँ।’

ग्राहकले शाओमीको कुनै पनि आधिकारिक रिटेल स्टोरमा गई ट्रेड–इन प्रक्रिया सुरु गरेर सरल रुपमा नै एक्सचेन्ज अफरको लाभ लिन सक्नेछन्। ग्राहकले ‘नयाँ पुरानो एक्सचेन्ज’ मोबाइल एपबाट आफ्नो हालको फोनको अवस्था जाँच गरी तत्काल मूल्यांकन गर्न सक्नेछन्। नयाँ शाओमी, रेडमी वा पोको स्मार्टफोनको मूल्यबाट मूल्यांकन रकम घटाएर अपग्रेड गर्न खोज्ने टेक इन्थुसिअस्तहरुका लागि यो अफर अझै आकर्षक बन्दछ।

Metro Mart

अत्याधुनिक ५जी कनेक्टिभिटी, शक्तिशाली प्रोसेसर, आकर्षक डिस्प्ले र प्रभावशाली क्यामेरासहितको रेडमी १२ ५जी* खरिदमा रु. १ हजारको विशेष छुटमा ग्राहकले थप सहुलियत प्राप्त गर्नेछन्। यो सीमित समयको अफरले ग्राहकलाई शाओमीको नवीनतम प्रविधिलाई अँगाल्ने सुनौलो अवसरमात्र नभई खरिदमा पर्याप्त बचत पनि सुनिश्चित गर्दछ।

शाओमीको एक्सचेन्ज अफर जुन २ देखि राष्ट्रव्यापी रुपमा उपलब्ध गरिएको छ। ग्राहकलाई यो उल्लेखनीय अवसरको फाइदा उठाउन र नयाँ शाओमी स्मार्टफोनमा अपग्रेड गरेर शाओमी इकोसिस्टमको पूर्ण लाभ उठाउन प्रोत्साहित गरिन्छ।

प्रकाशित: Jun 08, 2023| 18:54 बिहीबार, जेठ २५, २०८०
प्रतिक्रिया दिनुहोस्