आइतबार, भदौ १४, २०८३

पसल-सोरुमको वास्तु कस्तो बनाउने?

 |  बिहीबार, जेठ २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २५, २०८०

वास्तुशास्त्रका अनुसार पसल वा सोरुमको सुरुवात गर्नको लागि विशेष नियम बताइएको छ। व्यक्तिको सफलता उसको मेहनत वा आयमा निर्भर हुन्छ। सफल कारोबारको लागि व्यक्तिले आफ्नो कार्यस्थलको वास्तुको ध्यान राख्नुपर्छ।

के के कुरामा ध्यान दिने?
- पसल या सोरुमको मुख पूर्व वा उत्तर दिशातर्फ हुनुपर्छ। यदि यस्तो सम्भव छैन भने पश्चिम दिशातिर बनाउनुपर्छ।

- वास्तु विद्याका अनुसार दक्षिणतिर पसल वा सोरुमको मुख बनाउनु शुभ मानिँदैन।

- चतुर्भुज या गोलो आकारको पसल वा सोरुम अधिक शुभ मानिन्छ।

- वास्तुशास्त्रका अनुसार उत्तरपूर्वमा इष्टदेवको मूर्ति वा पानी राख्नु शुभ मानिन्छ।

- पसल वा सोरुमको उत्तर या पूर्व दिशामा देवी, लक्ष्मी र गणेशको मूर्ति राखेमा व्यापारमा लाभ हुनेछ।

- पसलभित्र बिजुलीको मिटर, मुख्य बोर्ड, इन्भर्टर वा जेनेरेटर, स्विच बोर्ड आदिलाई दक्षिणपूर्व कोणमा राख्नुपर्छ।

 

प्रकाशित: Jun 08, 2023| 18:50 बिहीबार, जेठ २५, २०८०
प्रतिक्रिया दिनुहोस्