शनिबार, वैशाख ६, २०८२

बाँदर धपाउन आफैं खटिन्छन् कुश्माका वडाध्यक्ष

कुश्मा नगरपालिका ९ नम्बर वडामा १५ घरपरिवारले लगाएको मकैबालीमा बाँदरले खान थालेपछि वडाध्यक्ष राम शर्मा लामिछानेसहितका गाउँलेलाई बाली कुर्ने पिरलो।  
 |  बिहीबार, जेठ २५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २५, २०८०

vianetvianet

पर्वत– पर्वतको कुश्मा नगरपालिका–९ का वडाध्यक्ष राम शर्मा लामिछाने हरेक महिनाको १५ र ३० गते वडा कार्यालयमा भेटिँदैनन्। उनी बिरामी भएर वा अन्यत्र गएर वडा कार्यालय नआएका भने होइनन्। हरेक महिनाको दुई दिन लामिछाने खेतबारी रुँगेर बस्छन्। यसको कारण हो, बाँदर धपाउन।

triton college

लामिछाने मात्र हैन, कुश्मा नगपालिका–९ का १५ परिवारको एउटै फाँट रहेको छ। ती फाँटमा लगाइएका मकै जोगाउन वडाध्यक्षलगायत १५ जनाले आलोपालो ड्युटी बस्ने गरेका हुन्। वडाको कामसँगै खेतबारीमा लगाएको मकै, बोडी, सिमी पनि जोगाउनुपरेको अध्यक्ष लामिछानेले बताए।

खेतबारीमा मकैले भर्खरै घोगा हाल्दै गरेका छन् तर किसानलाई ती घोगा जोगाएर घर भित्र्याउन पाइने हो कि होइन भन्ने चिन्ता छ। आफूले भन्दा पहिल्यै बाँदरले मकै खाला भन्ने डर भएपछि खेतबारीमै छाप्रो हालिएको छ, जहाँ प्रत्येक दिन गाउँका कोही न कोही हेरालु बस्नुपर्ने बाध्यता परेपछि महिनामा दुई दिन खेतबारी रुँगेर बस्ने गरेको उनी बताउँछन्।

पत्रकार राजबाबु पिसीले आफू पनि महिनाको दुई दिन बाँदर धपाउने पालोमा खेतबारी कुरेर बस्नुपर्ने बताए। महिनाको दुई दिन पत्रकारिताको काम छाडेर खेतबारीमा बाँदर धपाउनुपर्ने बाध्यता रहेको उनको गुनासो छ। 

खेतबारीमा लगाएका बाली जोगाउन कटुवा चौपारीवासीलाई हम्मेहम्मे परेको छ। यहाँको करिब साढे २ सय रोपनीमा मकै लगाइएको छ। मकैले घोगा हाल्दै छन्, बाँदर भने दैनिकजसो खेतबारीको आसपासमा आउन थालेका छन्। बाँदर आतंक बढेपछि कटुवा चौपारीवासी पालो नै छुट्याएर बाँदर धपाउन लागिपरेका छन्।

National life insurance

कुश्मा नगरपालिका–९ कटुवाचौपारीका वडाध्यक्ष लामिछाने गाउँले बाँदरबाट बाली जोगाउन पालो लगाएर खेतबारीमै बस्न थालेको बताउँछन्। ‘अब एक महिना बाँदरबाट बाली जोगाउन एकदमै कठिन हुन्छ। बाली पाक्नै लाग्दा बाँदर खेतबारीमा पसेर सबै खाइदिन्छन्’, उनले भने, ‘यसपालिचाहिँ पालो नै बनाएर बाँदर धपाउन खेतबारीमै बसेका छौं।’

उक्त क्षेत्रमा बाँदर आतंक नयाँ भने होइन। विगत वर्षमा पनि बाँदरले बालीनाली नष्ट गर्ने गरेको वडाध्यक्ष लामिछानेले बताए। ‘यसअघि पनि बाँदरले बाली खाइदिन्थ्यो। बाँदरबाट जोगाउन धेरै कोसिस गरियो तर नसकेपछि यसपालि पालो गरेर खेतबारीमै बस्ने गरेका छौं’, उनले भने, ‘बाँदर आएपछि कराउने हल्ला गर्ने अनि बाँदर भाग्छ। त्यसरी बालीनाली जोगाउन सकिन्छ।’

बाँदरबाट बालीनाली जोगाउन खेतबारीमा छाप्रो बनाइएको छ। पालो परेको व्यक्ति सोही छाप्रोमा आएर बस्ने र बाँदर आएपछि संकेत गर्ने गरिन्छ। ‘हामी खेतबारीको छेउमा सानो छाप्रो बनाएका छौं। सबैको पालो लगाएका छौं। कसले कति गते पालो परेको छ, त्यतिअनुसार छाप्रोमा बस्नुहुन्छ र बाँदर आयो भने त्यहाँबाट संकेत गरिन्छ। संकेत पाउँदाबित्तिकै सानो झुन्ड रै’छ भने आफैं धपाउछन्, ठूलै भुन्ड रै’छ भने सबै गाउँले गएर धपाउँछौं’, वडाध्यक्ष लामिछानेले भने, ‘७० घरको खेती यसरी नै जोगाउँछौं।’

बाँदर धपाउने कृत्रिम उपाय अपनाए पनि नभागेपछि उक्त उपाय अपनाएको वडाध्यक्ष लामिछानेले बताए। ‘बाँदर धपाउन धेरै उपाय अपनाऔँ, पड्काउने, बजाउने सबै गरियो तर भागेन’, उनले भने, ‘अहिले पालो लगाएर खेतबारीमा बसेपछि बाली जोगाउन सकिएको छ।’

प्रकाशित: Jun 08, 2023| 14:03 बिहीबार, जेठ २५, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोरला नाकामा दुई देशका व्यापारीको चहलपहल

कोरला नाकामा दुई देशका व्यापारीको चहलपहल

नेपाल-चीन उत्तरी कोरला नाका उपल्लो मुस्ताङका दुई पालिकाका लागि खुलेपछि हालसम्म तीन हजारभन्दा बढीले चीन प्रस्थान गर्ने सीमापार पास पाइसकेका छन्।