शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सेयर लगानीकर्तालाई आयकरको दायरामा नसमेटिएको अर्थमन्त्री महतको दाबी

सेयर लगानीकर्तालाई आयकरको दायरामा नसमेटिएको अर्थमन्त्री महतको दाबी

५६ लाख सेयर लगानीकर्तालाई सुरक्षा दिनु बोर्डको दायित्व र जिम्मेवारी रहेको अर्थमन्त्री महतको धारणा।
 |  बिहीबार, जेठ २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २५, २०८०

काठमाडौं– अर्थमन्त्री डा. प्रकाशशरण महतले लगानी क्षेत्रमा धितोपत्र बोर्डको महत्त्वपूर्ण भूमिका रहेको औंल्याएका छन्। बिहीबार धितोपत्र बोर्डको ३१औं वार्षिकोत्सव अवसरमा मन्त्री डा. महतले भने, ‘सेयर बजारमा लगानी र आयआर्जनका दृष्टिले ठूलो आकर्षण छ। त्यसैले बोर्डको जिम्मेवारी र दायित्व बढेको छ।’

National life

उनले पुँजीबजारका ५६ लाख लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नु बोर्डको दायित्व र जिम्मेवारी भएको बताए। बोर्डले आफ्नो जिम्मेवारीलाई महत्त्व दिएर पालना गर्ने विश्वास उनले व्यक्त गरे।

बोर्डले नियमनको काम प्रभावकारी रुपमा गर्नुपर्ने र सेयर बजारलाई अर्झै स्वच्छ, विस्तारित र लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्न अर्थ मन्त्रालयबाट पूर्ण रुपमा सहयोग हुने उनले प्रतिबद्धता जनाए। ‘आगामी आर्थिक वर्षका लागि आयव्यय प्रस्तुत गर्दा सेयर बजारको विषयमा व्यवस्थाको उद्देश्य लगानीकर्तालाई आयकरको दायरामा ल्याउने होइन। यस विषयमा जुन हल्ला चल्यो त्यो गलत हो’, उनले भने।

सेयर बजारबाट निश्चित व्यक्तिले फाइदा लिने माध्यम बोर्ड बन्न नहुने भन्दै उनले पुँजी बजारमा केही फाइदा हुन्छ भन्ने आशमा गाँस काटेर लगानी गर्नेहरुको सुरक्षा गर्नु बोर्डको ठूलो जिम्मेवारी भएको बताए।

‘सेयर बजारलाई प्रतिस्पर्धात्मक बनाएर लैजानुपर्छ। कमोडिटी बजारलाई पनि सेयर बजारमा प्रवेश विषय छ। बोर्डलाई अटोमेटेड सिस्टममा लैजानुपर्छ। हरेक क्रियाकलापलाई कागजरहित बनाउने र कसैले अनपेक्षित फाइदा लिन नपाउने सुनिश्चिततालगायतका विषयमा बोर्डले काम गर्नुपर्छ’, महतले भने।

सेयर बजारलाई स्वस्थ्य बनाउन राष्ट्र बैंकले पनि महत्त्वपूर्ण भूमिका खेल्न सक्ने उनको भनाइ छ। ‘सेयर बजारलाई कमजोर बनाउने, यसप्रतिको विश्वासलाई कम गराउने काम हामीबाट हुँदैन। तर सीमित व्यक्तिले मात्रै फाइदा उठाउने, नाम भने ५६ लाख लगानीकर्ताको लिने प्रवृत्ति अन्त्य जरुी छ”, उनले भने।

बोर्डलाई सूचना प्रविधिको भरपूर उपयोग गर्न अर्थमन्त्री डा. महतले सुझाव दिए। उनले बोर्डलाई छिट्टै आफ्नै भवनमा सर्न मन्त्रालयले सक्दो सहयोग गर्ने आश्वासन दिए।

प्रकाशित: Jun 08, 2023| 13:22 बिहीबार, जेठ २५, २०८०
प्रतिक्रिया दिनुहोस्