शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरे लुम्बिनी केबुलकार

प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरे लुम्बिनी केबुलकार

 |  बिहीबार, जेठ २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २५, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी केबुलकार उद्घाटन गरेका छन्। आज बिहीबार बिहान उनले केबुलकार उद्घाटन गरेका हुन्। रिबन काटेर उद्घाटन गरेपछि उनले  केबुलकारमा यात्रा पनि गरेका छन्।

National life

साढे ३ अर्ब लगानीमा  बुटवल–३ बम घाटमा बटम स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तीपुरमा टप स्टेसन रहेको लुम्बिनी केबुलकार लुम्बिनी प्रदेशको पहिलो केबुलकार हो। केबुलकारको शिलान्यास भने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १ गते  गरेका थिए।

आन्तरिक र भारतीय पर्यटकलाई लक्षित गर्दै बनेको केबुलकारको टप स्टेसनमा कामाख्यादेवीको मन्दिरसहितका धार्मिक संरचना छन्। आइएमई समूहको लगानीमा बनेको सो केबुलकार आजैदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको छ।

प्रकाशित: Jun 08, 2023| 12:13 बिहीबार, जेठ २५, २०८०
प्रतिक्रिया दिनुहोस्