NadaNada
आइतबार, भदौ ८, २०८२

असारदेखि भदौ अन्त्यसम्म सडक खन्न रोक

कार्यालयले बर्खामासमा धारा, ढल, बिजुली, टेलिफोनलगायत प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मतसम्भार सम्भव नहुने भएकाले रोक लगाइएको बताएको हो।
 |  बिहीबार, जेठ २५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २५, २०८०

vianetvianet

काठमाडौं– संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले १ असारदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ।

कार्यालयले बर्खामास धारा, ढल, बिजुली, टेलिफोनलगायत प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मतसम्भार गरी यथास्थितिमा ल्याउन नसकिने भएकाले रोक लगाइएको बताएको हो।

‘तोकिएको समयमा सडक खन्दा थप बिग्रँदै जाने भएकाले १ असारदेखि भदौ मसान्तसम्म कार्यालयअन्तर्गतका सडक डिभिजन मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने र कसैले जबर्जस्ती खनेको पाइए सार्वजनिक सडक ऐन, २०३१ अनुसार कडा कारबाही गरिनेछ,’ सूचनामा भनिएको छ।’

सहरी क्षेत्रमा सडक भत्काउने र बनाउने क्रम चलिरहेको पाइन्छ। बर्खा लागेपछि सडक समयमै मर्मत गर्न नसकिने र आउजाउमा असुविधा पुग्ने हुँदा तीन महिना सडक खन्न रोक लगाइएको कार्यालयले स्पष्ट पारेको हो। सडक निर्माणका क्रममा सरकारी निकायबीच समन्वय नहुँदा एउटाले भत्काउने र अर्कोले मर्मत गर्ने क्रम पछिल्लो समय झाँगिएको छ।

प्रकाशित: Jun 08, 2023| 10:40 बिहीबार, जेठ २५, २०८०
प्रतिक्रिया दिनुहोस्