आइतबार, वैशाख १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मौसम महाशाखाले विशेष बुलेटिन जारि गर्दै भन्‍यो- तापक्रम अझै बढ्छ, होसियारी अपनाउनुस्

मौसम महाशाखाले विशेष बुलेटिन जारि गर्दै भन्‍यो- तापक्रम अझै बढ्छ, होसियारी अपनाउनुस्

 |  बुधबार, जेठ २४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २४, २०८०

National life
kumari

काठमाडौं- देशका अधिकांश स्थानमा दिनप्रतिदिन तापक्रम बढ्दो क्रममा रहेकाले अत्यधिक गर्मीबाट स्वास्थ्यमा असर पर्न सक्ने जानकारी दिँदै होसियारी अपनाउन मौसम पूर्वानुमान महाशाखाले सुझाव दिएको छ। 
बढ्दो तापक्रम सम्बन्धमा दोस्रोपटक बुधबार विशेष बुलेटिन जारी गर्दै महाशाखाले केही दिनदेखि देशका अधिकांश भूभागमा अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको जनाएको हो। काठमाडौंलगायत देशका अन्य उपत्यकामा समेत तापक्रम क्रमिक वृद्धि भइरहेको र तराईमा त अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी देखिएको बुलेटिनमा उल्लेख गरिएको छ। 
‘तसर्थ देशका तराई भूभागमा आगामी पाँच दिनसम्म तातो हावा तथा लुको सम्भावना यथावत् रहने देखिएकोले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ’, महाशाखाको विशेष बुलेटिनमा भनिएको छ, ‘साथै पहाडी भूभागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रूपमा बढ्न सक्ने सम्भावना रहेकाले यस महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहन हुन अनुरोध छ।’
तातो हावा तथा लुबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तीर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने,  चक्कर लाग्ने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुन सक्ने जानकारी पनि महाशाखाले दिएको छ। 

प्रकाशित: Jun 07, 2023| 19:44 बुधबार, जेठ २४, २०८०
प्रतिक्रिया दिनुहोस्