शनिबार, असार २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महोत्तरीमा सांस्कृतिक कार्यक्रमको नाममा अश्लीलता प्रदर्शन गरिएको भन्दै विरोध 

महोत्तरीमा सांस्कृतिक कार्यक्रमको नाममा अश्लीलता प्रदर्शन गरिएको भन्दै विरोध 

 |  बुधबार, जेठ २४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २४, २०८०

महोत्तरी- महोत्तरीमा संसारीमाई पूजाको सांस्कृतिक कार्यक्रममा मंगलबार राति अश्लीलता प्रदर्शन गरेको भन्दै स्थानीय युवाहरूले विरोध गरेका छन्। उनीहरुले बुधबार अपराह्न २ बजे महेन्द्र चोकमा प्रदर्शन गरेका हुन्।

पञ्चवर्षीय संसारीमाता महापूजा महोत्सवको सांस्कृति कार्यक्रममा आयोजकले टिकटकमार्फत् समाजमा अश्लीलता फैलाएको उनीहरुको आर‍ोप छ।

सो कार्यक्रममा प्रिती पासवानलाई अश्लील गीतमा नृत्य गराएको आरोप लगाउँदै उनीहरुले जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह र संरारीमाई पूजा समितिका अध्यक्ष अशोक साहमाथि कारबाहीको माग गरेका छन्।

उनीहरुले प्रदर्शनमा जलेश्वर नगरपालिकाका नगरप्रमुख साह, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुखविरुद्ध नाराबाजी गरेका छन्। जेठ १९ गते सुरु भएको संसारीमाईको पूजा २६ गते सम्म जारी रहेनेछ। 

प्रकाशित: Jun 07, 2023| 19:38 बुधबार, जेठ २४, २०८०
प्रतिक्रिया दिनुहोस्