NadaNada
आइतबार, भदौ ८, २०८२

वास्तुका हिसाबले यस्तो हुनुपर्छ सुत्ने कोठा

 |  बुधबार, जेठ २४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २४, २०८०

vianetvianet

यदि तपाईंलाई निद्रामा समस्या छ भने एकपटक वास्तुतर्फ ध्यान दिन जरुरी छ। वास्तु दोषका कारण पनि निद्रामा समस्या हुन्छ। घरको वास्तुले हाम्रो दैनिक जीवनमा गहिरो प्रभाव पार्ने हुनाले यस्ता कुरालाई बेवास्ता गर्न हुँदैन। सुत्ने कोठा शान्त, सुन्दर अनि मिठो निद्राका लागि निम्न उपाय अपनाउन सकिन्छ।

- कैयौं अवस्थामा हामीले आफूअनुकूल प्रयोग गर्न सजिलो होस् भनेर सुत्ने कोठामै फ्रिज, ग्यासजस्ता सामान राख्ने गर्छौं। यस्ता वस्तुलाई कोठाबाहिर राखेमा राम्रो निद्रा पर्छ। (वैज्ञानिक कारण- सुत्ने कोठामा विद्युतीय तथा चुम्बकीय वस्तु राख्दा स्वास्थ्यमा प्रभाव पर्छ)

- कतिपय व्यक्तिले लापरबाही गर्दै आफू सुत्ने खटिया घरको जुनसुकै दिशामा राख्ने गर्छन्। जसको कारण रातको समयमा राम्रो निद्रा लाग्दैन। उत्तर दिशामा टाउको र ढोकातर्फ खुट्टा राखेर सुतेमा वास्तुदोष लाग्छ। (वैज्ञानिक कारण- पृथ्वीको चुम्बकीय गुणको कारण उत्तर दक्षिण शरीर पारेर सुत्नु हुँदैन)

- सुत्ने कोठाको रङ आफूअनुकूल हुनुपर्छ। सुत्ने कोठाको रङ आफूलाई मन पर्ने भयो भने मिठो निद्रा लाग्छ।

- सुत्ने कोठा खुला तथा सामान्य हुनुपर्छ। कोठा धेरै गन्जागोल राख्नु हुँदैन।

Metro Mart

- घरको डिजाइन गर्दा कोठामा चार कुनाको सट्टा पाँच कुना राखेमा त्यस कोठामा सुत्दा समस्या हुन सक्छ।

- रातको समयमा पानी पिउने बानी छ भने पानीको बोतल तथा गिलास बेड नजिक नराख्नुस्। यसले सुत्दा बेचैन महसुस हुन्छ।

- सुत्दा पूर्व दिशातर्फ शिरानी राखिनुपर्छ। साथै कोठाको झ्याल ढोका आवाज नआउने हुनुपर्छ।

- अधिकांश घरमा सुत्ने खाट वा पलङमुनि विभिन्न चिज राख्ने चलन हुन्छ। तर यस्तो गर्नु वास्तु शास्त्रको दृष्टिले खराब मानिन्छ। सकेसम्म सुत्ने बेडको मुनी राख्ने चिजको विषयमा सावधानी अपनाउनु पर्ने हुन्छ। खासगरी केही चिज त पलङमुनि राख्नै हुँदैन।

- शयनकक्षमा विभिन्न वास्तु दोष हुने हुँदा मानिसलाई निद्रा नलाग्ने र अन्य समस्या आउने बताइन्छ। यसका लागि पनि सुत्ने पलङमुनि राख्ने सामानको विषयमा विचार पुर्याउनुपर्ने हुन्छ।

 

 

 

प्रकाशित: Jun 07, 2023| 09:05 बुधबार, जेठ २४, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

‘जुरुक्क कर्णाली’मा बगेका ‘आँसु र आशा’

‘जुरुक्क कर्णाली’मा बगेका ‘आँसु र आशा’

प्रज्ञा भवनको प्रेक्षालयमा कर्णालीको मार्मिक पीडा, भावना र वेदना समेटिएको यो गीत गुञ्जिँदा धेरैका आँखा रसाए। गला अवरुद्ध भए। यो प्रतिनिधि गीत केवल गीत मात्रै...