NadaNada
आइतबार, भदौ ८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • आशा लघुवित्त र राष्ट्र उत्थानलाई मर्जरका लागि राष्ट्र बैंकको सैद्धान्तिक सहमति

आशा लघुवित्त र राष्ट्र उत्थानलाई मर्जरका लागि राष्ट्र बैंकको सैद्धान्तिक सहमति

 |  बुधबार, जेठ २४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २४, २०८०

vianetvianet

काठमाडौं- नुवाकोट र काभ्रेका मर्जरमा जाने तयारी गरेका दुई लघुवित्तलाई नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति (एलओआइ) दिएको छ।

ककनीको आशा लघुवित्त वित्तीय संस्था र बनेपाको राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले मंगलबार राष्ट्र बैंकको सैद्धान्तिक सहमति प्राप्त गरेका हुन्।

दुई लघुवित्तले गत चैत २९ गते मर्जरमा जानका लागि आपसी सम्झौता गरिसकेका छन्। आशा लघुवित्तको मुख्यालय नुवाकोटको ककनीमा छ भने राष्ट्र उत्थानको काभ्रेको बनेपा-१३ साँगामा छ।

आशा लघुवित्तको हालको चुक्ता पुँजी ३८ करोड १६ लाख छ भने राष्ट्र उत्थान लघुवित्तको २६ करोड चुक्ता पुँजी छ। दुवै लघुवित्तको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) भइरहेकाले कति अनुपातमा गाभिने भन्ने खुल्न बाँकी छ।

 

Metro Mart

प्रकाशित: Jun 07, 2023| 17:11 बुधबार, जेठ २४, २०८०
प्रतिक्रिया दिनुहोस्