काठमाडौं- सामसङले उत्कृष्ट ग्यालेक्सी एफ५४ स्मार्टफोन (5G) नेपाली बजारमा ल्याएको छ। मोबाइलमा १०८ मेगापिक्सेलको मुख्य क्यामेरा, ओआइएस र ग्यालेक्सीको प्रिमियम डिजाइन उपलब्ध छ।
६.७ इन्च सुपर एमोलेड प्लस डिस्प्ले र १२० हर्ज रिफ्रेस रेट रहेको यो मोबाइलमा उपभोक्ताहरुले सहज रूपमा भिडियो हेर्न र स्क्रोल गर्नसक्छन्। ८ जीबी र्याम क्षमता र २५६ जीबी आन्तरिक मेमोरी यो मोबाइलमा उपलब्ध छ।
यसमा रहेको १०८ एमपी मुख्य क्यामेरा, ८ एमपी अल्ट्रा–वाइड र २ एमपी म्याक्रो लेन्स क्यामेराबाट हुने ट्रिपल–लेन्स सेटअपले प्रयोगकर्ताहरूले एडभान्स क्यामेराको अनुभव पाउनेछन्। यो बाहेक पनि मुख्य क्यामेरामा भएको ओआइएस तथा भीडीआइएसले कम प्रकाशमा पनि उत्कृष्ट फोटोहरु खिच्न सकिन्छ। ग्यालेक्सी एम ५४ ले रातको समयमा पनि सफा स्पष्ट डिटेल भएको फोटोहरु दिन्छ। यसको अगाडी रहेको ३२ मेगापिक्सेल लेन्स क्यामेराको प्रयोग गरी हाइक्वालिटीको सेल्फी, भिडियो, र भिडियो कलहरू गर्न सकिन्छ।
अक्टा–कोर एक्सिनोस १३८० चिप सेट जडित ग्यालेक्सी एफ ५४ निक्कै नै टिकाउ छ। उत्कृष्ट ६००० एमएएच ब्याट्री रहेको यस फोनले आफ्नो प्रयोगकर्तालाई पावर सकिने चिन्ता नगरी यसको प्रयोग गर्न पाउने अनुभव दिन्छ। २५ वाटको सुपर–फास्ट चर्जिंगले ३० मिनेटको चार्जमा नै पूरा दिन मोबाइल चल्नेछ।
४ वर्षको जेनेरेसन सम्मओएस अपग्रेड र ५ वर्ष सम्मको ग्यारेन्टी सुरक्षा अपडेट पनि उपभोक्ताले पाउनेछन्। यसमा रहेको 'भ्वाइस फोकस' ले आसपासको आवाजहरूलाई कम गर्छ र भोइस वा भिडियो कलको बेला तपाईँको आवाजलाई स्पष्ट बनाउँछ। यसको प्रयोगले प्रयोगकर्ताहरूलाई धेरै आवाज हुने ठाउँहरूमा पनि स्पष्टताका साथ कलहरू गर्न दिन्छ।
ग्यालेक्सी एफ ५४ २ सिल्भर र निलो कलरमा उपलब्ध छ। यसको ८+२५६ जीबी भेरियन्टको मूल्य रु.५२,४९९ रहेको छ