शुक्रबार, जेठ १, २०८३

मल वितरण अनुगमन गर्न स्थानीय तहलाई पत्राचार

सरकारले अनुदानमा उपलब्ध गराएको मल वितरण जिम्मा लिएका सहकारी, फर्म, डिलरले आफूखुसी मूल्य तोकेर किसानलाई बिक्री गरेको भेटिएपछि मन्त्रालयले अनुगमनका लागि आग्रह गरेको हो।
 |  बुधबार, जेठ २४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २४, २०८०

काठमाडौं– संघीय सरकारले खेतीपातीका बेला किसानलाई बाँड्ने अनुदानको मल वितरण अनुगमन गर्न स्थानीय तहलाई पत्राचार गरेको छ।

National life

साल्ट ट्रेडिङ कर्पोरेसन, कृषि सामग्री केन्द्र कम्पनीबाट डिलरसिप लिएका सहकारी, फर्मले अनुदानमा वितरण हुने मलको मूल्य आफूखुसी राखेर किसान ठग्न थालेपछि पशुपक्षी विकास मन्त्रालयले स्थानीय तहलाई अनुगमनका लागि आग्रह गरेको हो।

अनुदानमा वितरण गरिएको मलमा पनि कतिपय सहकारीले मनोमानी मूल्य राखेको मन्त्रालयले जनाएको छ। मंगलबार कृषि मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई अनुगमन गर्न पत्राचार गरेको हो।

मल वितरणमा बदमासी देखिएपछि स्थानीय तहलाई अनुगमनका लागि परिपत्र गरिएको कृषि मन्त्रालयका सहसचिव डा. राजेन्द्रप्रसाद मिश्रले बताए।
 

प्रकाशित: Jun 07, 2023| 15:49 बुधबार, जेठ २४, २०८०
प्रतिक्रिया दिनुहोस्