शुक्रबार, जेठ १, २०८३

जगदम्बा मोटर्सले विद्युतीय स्कुटर ल्याउँदै

 |  बुधबार, जेठ २४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २४, २०८०

काठमाडौं- टीभीएस बाइकको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले विद्युतीय स्कुटर आई-क्युब इभी पनि ल्याउने भएको छ। यसको मूल्य नेपाली बजारमा ४ लाख २९ हजार ९०० रुपैयाँ तोकिएको छ।

National life

यो स्कुटर ४.४ किलोवाट क्षमताको छ। यसमा २.२४ केडब्ल्युएच क्षमताको लिथियम आयोन ब्याट्री प्याक उपलब्ध छ। यो ब्याट्री फुल चार्ज हुनको लागि ५ घन्टाको समय लाग्छ। एक पटकको फुल चार्जमा स्कुटरले ७५ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ। यसको अपडेटेड नयाँ भर्सनले भने १४० किलोमिटरसम्म रेन्ज प्रदान गर्छ।

यो स्कुटरलाई नेक्स्ट जेनेरेसन टीभीएस स्मार्ट-एक्स-नेक्ट प्लेटफर्ममा निर्माण गरिएको छ। स्कुटरमा ५ इन्चको एड्भान्स टीएफटी क्लस्टर र टीभीएस आईक्युब एप उपलब्ध छ।

यो स्कुटरमा जियो फेसिङ, नेभिगेसन असिस्ट, रिमोट व्याट्री, चार्ज स्टेटस, लास्ट पार्क लोकेसन, इनकमिङ कल अलर्ट/एसएमएस अलर्ट, डे र नाइट डिस्प्ले, क्यु पार्क असिस्ट, मल्टी सेलेक्ट इकोनोमी र पावर मोड तथा रिजनरेटिभ ब्रेकिङ जस्ता इनोभेटिभ फिचर छ। यो स्कुटर ३ वटा भेरियन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

 

प्रकाशित: Jun 07, 2023| 15:42 बुधबार, जेठ २४, २०८०
प्रतिक्रिया दिनुहोस्