शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • तनहुँका स्थानीय सरकारले बाँडे मृत्यु भइसकेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता

तनहुँका स्थानीय सरकारले बाँडे मृत्यु भइसकेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता

गत आर्थिक वर्ष २०७८/७९ मा जिल्लाका विभिन्न पालिकाले ५ लाख २५ हजार २३३ रुपैयाँ मृत्यु भएका व्यक्तिको खातामा पठाएको महालेखाले भेट्याएको हो।
 |  बुधबार, जेठ २४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २४, २०८०

तनहुँ– तनहुँका स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेका छन्। जिल्लाका अधिकांश स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिको खातामा रकम निकासा गरेका हुन्। 

National life

गत आर्थिक वर्ष २०७८/७९ मा जिल्लाका विभिन्न पालिकाले ५ लाख २५ हजार २३३ रुपैयाँ मृत्यु भएका व्यक्तिको खातामा पठाएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ।

देवघाट गाउँपालिकाले २४ हजार ४ सय, घिरिङ गाउँपालिकाले १ लाख ३५ हजार ९८०, भानु नगरपालिकाले ५३ हजार ६१०, आँबुखैरेनी गाउँपालिकाले २४ हजार ४ सय, बन्दीपुर गाउँपालिकाले २४ हजार १३१, भीमाद नगरपालिकाले २९ हजार ३१४ रुपैयाँ मृत्यु भइसकेकालाई बाँडेका छन्। यस्तै, ऋषिङ गाउँपालिकाले १ लाख १६ हजार ६३० र शुक्लागण्डकी नगरपालिकाले १ लाख १६ हजार ७५८ मृत्युपछि भुक्तानी गरेको छ। 

सामाजिक सुरक्षा नियमावली, २०७६ को नियम १३ मा सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको मृत्यु भए उक्त लाभग्राहीलाई भत्ता पाउने सूचीबाट हटाई मृत्यु भएको दिनदेखि भत्ता दिन रोक्नुपर्ने व्यवस्था भएकामा स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिलाई पनि रकम निकासा गरेकाले त्यस्तो कार्य सुधार गर्न सुझाइएको छ। 

सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ को दफा ११ (२) मा कुनै लाभग्राहीको मृत्यु भए, एकल महिला लाभग्राहीले विवाह गरे वा ऐन, नियमावली तथा कार्यविधिबमोजिम लगत कट्टा हुनुपर्ने लाभग्राहीको हकवाला वा प्रचलित कानुनबमोजिमको सूचकले सम्बन्धित स्थानीय तहको वडा कार्यालयमा त्यस्तो घटना भएको ३५ दिनभित्र घटना दर्ता गराउनुपर्दछ। यसरी घटना दर्ता गर्दा लाभग्राही विवरणसमेत अद्यावधिक गरी लगत कट्टा गर्नुपर्ने प्रावधान छ।

प्रकाशित: Jun 07, 2023| 15:29 बुधबार, जेठ २४, २०८०
प्रतिक्रिया दिनुहोस्