शुक्रबार, जेठ १, २०८३

मेलम्ची नदीमा जडान गरिँदै बेलीब्रिज

सिन्धुपाल्चोकका तीन पालिका जोड्ने गरी मेलम्ची नदीमा बेलीब्रिज निर्माण भएपछि बर्खामासमा आउजाउ गर्न स्थानीयलाई सहज हुने।
 |  बुधबार, जेठ २४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २४, २०८०

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकका तीन पालिका जोड्ने मेलम्ची नदीमा बेलीब्रिज निर्माण हुने भएपछि स्थानीय हर्षित भएका छन्।

National life

निर्वाचनको समय जेठ मसान्तभित्र बेलीब्रिज निर्माण गर्ने प्रतिबद्धता गरे पनि केही समय ढिलो गरेर बेलीब्रिज जडान हुन लागेको बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङले बताए। उनले भने, ‘अब बेलीब्रिज निर्माण प्रक्रिया तत्काल अगाडि बढ्छ।’

वर्षायाममा यहाँका नागरिकलाई आवतजावत गर्न निकै समस्या हुने भएकाले जतिसक्दो चाँडो सम्पन्न गर्न उनले आग्रह गरे। महासेनानी  ईश्वर बुढाथोकीले बेलीब्रिज जडान कार्य केही चुनौती रहे पनि जतिसक्दो चाँडो सम्पन्न गरिने प्रतिबद्धता जनाए। 

मेलम्चीपारिको वडा–९ र १० तथा पाँचपोखरी थाङ्पाल र इन्द्रावती गाउँपालिका जोड्ने पुल निर्माण भएपछि स्थानीयले प्रत्यक्ष लाभ लिनेछन्। सदरमुकाम चौतारा जाने छोटो दूरीको ‘रुट’का रुपमा समेत यो सडक प्रयोग हुँदै आएको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र बागमती प्रदेशसभा सदस्य तामाङको पहल, निरन्तर प्रयासपछि मेलम्ची खोलामा बेलीब्रिज निर्माण गर्न अर्थ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रक्षा मन्त्रालयलाई जिम्मेवारी दिएका थिए। नेपाली सेनाको इन्जिनियरिङ विभाग, १४ नं वाहिनी अड्डाबाट महासेनानी बुढाथोकीको नेतृत्वमा आएको टोलीले अध्ययन सर्वेक्षण गरेको हो। 

१ असार २०७८ मा आएको बाढीले पक्की पुल बगाउँदा यहाँका नागरिकले बर्खाको समय सास्ती खेप्दै आएका छन्। हिउँद समय ह्युमपाइप राखेर सडक सञ्चालन गरिँदै आए पनि बर्खा लागेसँगै समस्या हुने गरेको छ।

प्रकाशित: Jun 07, 2023| 14:36 बुधबार, जेठ २४, २०८०
प्रतिक्रिया दिनुहोस्