शुक्रबार, जेठ १, २०८३

घोराही सिमेन्टको आईपीओ जेठ ३२ बाट

 |  बुधबार, जेठ २४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २४, २०८०

काठमाडौं- घोराही सिमेन्टले जेठ ३२ गतेबाट सर्वसाधारणलाई आईपीओ बिक्री गर्ने भएको छ। उक्त आइपीओ खरिदका लागि छिटोमा असार ४ गते र ढिलोमा १४ गतेसम्म आवेदन दिन मिल्छ।

National life

सर्वसाधारणले ६९ लाख ११ हजार ६७० कित्तामा आवेदन दिन मिल्छ। कम्पनीले प्रिमियम थप गरेर आईपीओ बिक्री गरिरहेको छ। प्रति कित्ता आईपीओको मूल्य ४३५ रुपैयाँ छ। यसअघि कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारहरुलाई आईपीओ बिक्री गरिसकेको छ। स्थानीयले ४०० रुपैयाँ र श्रमिकले ४३५ रुपैयाँका दरले आवेदन दिएका थिए।

स्थानीय र श्रमिकले आवेदन नदिएको कित्ता पनि संलग्न गरि कम्पनीले सर्वसाधारणलाई आईपीओ बिक्री गर्दैछ। न्यूनतम १० कित्तादेखि १० लाख कित्तासम्म आवेदन पेस गर्न मिल्छ।

 

प्रकाशित: Jun 07, 2023| 14:11 बुधबार, जेठ २४, २०८०
प्रतिक्रिया दिनुहोस्