शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बजाज बाइकको नेपालमा २५ वर्ष पूरा, ग्राहकलाई विभिन्न अफर

बजाज बाइकको नेपालमा २५ वर्ष पूरा, ग्राहकलाई विभिन्न अफर

 |  बुधबार, जेठ २४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २४, २०८०

काठमाडौं- बजाज मोटरसाइकलले नेपालमा आफ्नो व्यापारिक प्रवेशको २५ वर्ष पूरा गरेको छ। यसै अवसरमा बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले ‘नेपालमा आफ्नो लिडरशिपको २५ वर्ष क्याम्पेन’ सम्पन्न भएको बताएको छ।

National life

रजत जयन्तीको अवसरमा सञ्चालनमा ल्याएको उक्त योजनाअन्तर्गत कम्पनीले उपभोक्ताहरुलाई बिभिन्न अफर दिएको हो। बजाजका बाइक किन्दा २५ प्रतिशतसम्म डाउन पेमेन्टमा फाइनान्सिङको विकल्प, १० हजारसम्मको स्योर-सट नगद छुट र भाग्यशाली २५ जना ग्राहकलाई १ केजी चाँदी जित्ने अवसर कम्पनीले दिएको थियो।

‘यो अभियान हाम्रो अहिलेसम्मको यात्रामा हाम्रा ग्राहकहरूले वर्षौंदेखि दिनुभएको अटल साथका लागि आभार व्यक्त गर्ने र सँगै यस उत्सवलाई मनाउने एक माध्यम थियो,’ कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले भने, ‘नेपाली बजारलाई २५ वर्षदेखि अटुट सेवा प्रदान गर्न पाउँदा हामी निकै नै खुसी छौं र भविष्यमा उत्कृष्टता प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई निरन्तरता दिनेछौँ।’

देशभरका ग्राहकहरूले नेतृत्वको २५ वर्ष अभियानका आकर्षक अफरहरूको अत्यधिक लाभ लिएका उनले बताए। ग्राहकको सन्तुष्टिमा निरन्तर जोड दिएकोले र उत्कृष्ट उत्पादन तथा विश्वस्तरीय सेवा प्रदान गरेकाले नै अटोमोबाइल क्षेत्रमा बजाजको ब्रान्डको रुपमा स्थापित भएको छ उनको भनाइ छ।

गोल्छाका अनुसार बजाज ब्राण्ड नेपालको सबैभन्दा भरपर्दो मोटरसाइकल ब्रान्ड हुनुका साथै यसको सबैभन्दा ठूलो सर्भिस नेटवर्क छ। त्यस्तै यसको रिसेल मूल्य पनि उत्कृष्ट रहेको उनले बताए। अटोमोबाइल क्षेत्रमा बजाजको निरन्तर २५ वर्षको नेतृत्व यसको नवीनता र गुणस्तरताप्रतिको प्रतिबद्धताको प्रमाण रहेको गोल्छा बताउँछन्।

यसका साथै अहिले बजाजको फ्रिलिलि योजना पनि चालु रहेको कम्पनीले जनाएको छ। यसअन्तर्गत उपभोक्ताहरुले १२५ सीसीसम्मको बजाज बाइकको खरिदमा १९२ लिटरको सामसङको रेफ्रिजेरेटर प्राप्त गर्न सक्नेछन्।

बजाजको अर्को ५० प्रतिशत डाउन पेमेन्टमा शून्य प्रतिशत ब्याजदरको अफर पनि चालु छ। यसअन्तर्गत उपभोक्ताहरुले ५० प्रतिशत डाउन पेमेन्ट गर्दा शून्य ब्याजदरमा हुलास फिनसर्भमार्फत फाइनान्स सुविधामा बाइक खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।

 

प्रकाशित: Jun 07, 2023| 13:24 बुधबार, जेठ २४, २०८०
प्रतिक्रिया दिनुहोस्