शुक्रबार, जेठ १, २०८३

थप चार स्थानमा अत्याधुनिक पुल निर्माण हुँदै

काठमाडौंको बागमती, चितवनको नारायणी, कास्कीको विजयपुर र रुपन्देहीको तिनाउ नदीमा अत्याधुनिक पुल निर्माणका लागि अध्ययन थालिएको हो।
 |  बुधबार, जेठ २४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २४, २०८०

काठमाडौं– सडक विभागले आगामी वर्ष थप चार स्थानमा अत्याधुनिक पुल निर्माण प्रक्रिया अघि बढाउने भएको छ।

National life

काठमाडौं उपत्यकाको बागमती नदी, चितवनको नारायणी नदी, कास्कीको विजयपुर र रुपन्देहीको तिनाउ नदीमा अत्याधुनिक पुल निर्माणका लागि अध्ययन थालिएको सडक विभाग, पुल महाशाखा प्रमुख नरेशमान शाक्यले बताएका हुन्।

उनले भने, ‘विश्वका कतिपय सहर पुलका कारण चिनिन्छन्, त्यसैगरी यी पुल पनि ती ठाउँको परिचय झल्किने गरी बनाउन लागिएको छ।’ विशेषतासहित पुल निर्माणको योजना बनाइएको शाक्यको भनाइ छ।

नयाँ बनाइने चारवटै पुलमा स्थानीय मौलिकता समेट्ने गरी डिजाइन गरिने उनले बताए। काठमाडौंमा मन्दिर वा कुनै कलात्मक कुरा, चितवनमा गैंडा र अरु ठाउँमा पनि त्यहाँको विशेषता समेट्ने योजना छ।

तिनाउ नदीमा विश्व बैंकको ‘सिग्नेचर पुलमा एक्सेस प्रोग्राम’ अन्तर्गत पुल निर्माण गर्न लागिएको छ। पोखरामा पुल निर्माणका लागि विभागले अन्तर्राष्ट्रिय विज्ञको सहयोगमा डिजाइन तयार गर्ने योजना बनाएको छ।

प्रकाशित: Jun 07, 2023| 12:26 बुधबार, जेठ २४, २०८०
प्रतिक्रिया दिनुहोस्