शुक्रबार, भदौ ५, २०८३

पौडेल पक्षलाई 'काउन्टर' दिन देउवा पक्षको जिल्ला सभापति भेला सुरु

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरूको भेला लगत्तै देउवा पक्षका जिल्ला सभापतिहरूको पनि भेला बोलाइएको हो। पौडेलपक्षीय जिल्ला सभापतिको भेलालाई काउन्टर दिन भेला आयोजना गरिएको एक जिल्ला सभापतिले जानकारी दिए।
 |  बिहीबार, साउन २८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २८, २०७८

काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समूहका जिल्ला सभापतिको भेला सुरु भएको छ। ललितपुरको होटल समिटमा संस्थापन समूहका जिल्ला सभापतिहरूको भेला सुरु भएको हो। 

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरूको भेला लगत्तै देउवा पक्षका जिल्ला सभापतिहरूको पनि भेला बोलाइएको हो। पौडेलपक्षीय जिल्ला सभापतिको भेलालाई काउन्टर दिन भेला आयोजना गरिएको एक जिल्ला सभापतिले जानकारी दिए।

महाधिवेशन नहुनुमा पौडेल समूह पनि उत्तिकै जिम्मेवार रहेको तर दोष भने आफ्नो पक्ष र देउवालाई मात्र लगाएकाले भेला आयोजना गरिएको ती सभापतिको भनाइ छ। भेलाको मुख्य उद्देश्य देउवाको डिफेन्स गर्नु रहेको उनको भनाइ  छ।

केन्द्रीय समितिले १४औँ महाधिवेशनको कार्यतालिका संशोधनको निर्णय गर्नुअघि राजधानीमा उपलब्ध देउवा पक्षीय सभापतिहरू छलफलमा जुटेका हुन्।

बुधबार साँझ देउवा निवासमा बसेको शीर्ष नेताहरूको बैठकले महाधिवेशन सार्ने विषयमा सहमति जुटाएपनि नयाँ मिति कहिले तोक्ने भन्नेमा विवाद कायमै छ। 

प्रकाशित: Aug 12, 2021| 10:04 बिहीबार, साउन २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...