बुधबार, मंसिर २०, २०८०

पोखरामा नेपाल लाइफको आफ्नै भवन उद्घाटन

 |  मंगलबार, जेठ २३, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २३, २०८०

काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखराको न्युरोडस्थित आफ्नै सुविधा सम्पन्न भवनको समुद्घाटन गरेको छ।

sagarmatha cement

सोमबार आयोजित कार्यक्रमबीच इन्स्योरेन्स कम्पनी सञ्चालक समितिका सदस्य कमलेश अग्रवाल, विमलप्रसाद ढकाल र कृष्णराज लामिछाने, कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र नेपाल बिमा प्राधिकरण गण्डकी प्रदेशका प्रादेशिक प्रमुख केशवराज ढकालले संयुक्त रूपमा भवनको उद्घाटन गरेका हुन्।

करिव ३,२२० वर्ग फिटमा फैलिएको उक्त सुविधा सम्पन्न भवनमा गण्डकी प्रदेशको प्रादेशिक कार्यालय र पोखरा शाखा कार्यालय रहने छ।

उद्घाटन समारोहमा बोल्दै सञ्चालक समिति सदस्य अग्रवालले नेपाल लाइफको आफ्नै भवनको उद्घाटन गर्न पाएकोमा खुसी व्यक्त गरे। निकट भविष्यमा नै कम्पनीले नेपालका मुख्य सहरमा घरजग्गा खरिद गर्ने योजनासहित कार्यारम्भ गरिसकेको उनले बताए। नेपाल लाइफले सातै प्रदेशमा प्रादेशिक कार्यालयको स्थापना गरिसकेको छ।

प्रकाशित: Jun 06, 2023| 17:22 मंगलबार, जेठ २३, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्