शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ग्लोबल आइएमई बैंकले वृक्षरोपण गरी मनायो वातावरण दिवस

ग्लोबल आइएमई बैंकले वृक्षरोपण गरी मनायो वातावरण दिवस

 |  मंगलबार, जेठ २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २३, २०८०

काठमाडौं- ग्लोबल आइएमई बैंकले सातवटै प्रदेशमा वृक्षरोपण गर्दै विश्व वातावरण दिवस मनाएको छ।

National life

बैंकले ‘एक कर्मचारी, एक बिरुवा रोपण’ अभियानअन्तर्गत सातवटै प्रदेशमा विभिन्न प्रजातिक उन्नत बोट तथा बिरुवाहरु रोपेर विश्व वातावरण दिवस मनाएको हो।

बैंकले मोरङको विराटनगर एयरपोर्ट रोड, सिराहाको मिर्चैया, काठमाण्डौको टोखास्थित लाखेडाँडा, कास्कीको पोखरा रंगशाला परिसर, रुपन्देहीको तिलोत्तमा सामुदायिक पार्क र सुर्खेतको वीरेन्द्रनगर चौहान पार्कमा वृक्षरोपण कार्यक्रमको आयोजना गरेको हो।

बैंकले आयोजना गरेको बृहत वृक्षरोपण कार्यक्रममा बैंकका कर्मचारी, स्थानीय नागरिकलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिको प्रत्यक्ष सहभागिता थियो।

बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर यस किसिमका विभिन्न सामाजिक कार्यलाई निरन्तरता दिँदै आएको छ।

 

प्रकाशित: Jun 06, 2023| 17:20 मंगलबार, जेठ २३, २०८०
प्रतिक्रिया दिनुहोस्