शुक्रबार, जेठ १, २०८३

नेपाल-इटाली चेम्बर अफ कमर्सको न्यूजलेटर अनावरण

 |  मंगलबार, जेठ २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २३, २०८०

काठमाडौं- नेपाल र इटालीबीच व्यावसायिक सम्बन्ध प्रगाढ बनाउन समर्पित नेपाल इटाली चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रीले ‘जुन ५’ तारिखलाई द्विपक्षीय व्यापार बैठक–एनआईसीसीआई दिवस २०२३ को घोषणा गरिएको छ।

National life

यस अवसरमा पहिलो संस्करणको न्यूजलेटर अनावरण गरिएको थियो। यो कार्यक्रमले नेपाल र इटालीबीचको व्यावसायिक सम्बन्धलाई पर्यटन, उद्योग, आयात, निर्यात बढाउन एनआईसीसीआईको प्रतिबद्धतालाई जनाउँछ।

इटालीका राजदूत भिन्सेन्जो डे लुकाले प्रगाढ द्विपक्षीय सम्बन्धको प्रतीक तथा दिगो साझेदारीका लागि सहकार्यमा जोड दिए। एनआईसीसीआईका अध्यक्ष सञ्जय अग्रवालका अनुसार “एन.आई.सी.सी.आई. दिवस २०२३” ले चेम्बरको स्थापनादेखि हालसम्म गरेको उल्लेखनीय यात्रालाई चिन्तन गर्ने अवसर प्रदान गरेको छ। यो कार्यक्रम उत्सव र आत्म निरीक्षणको प्रतीक थियो र सहभागीहरूले उपलब्धि र उज्ज्वल भविष्यको लागि कामना गरे।

यस कार्यक्रमले द्विपक्षीय व्यापारप्रतिको प्रतिबद्धतालाई सुदृढ पार्ने, नवप्रवर्तनलाई बढावा दिने, दिगो विकास तथा समृद्धिलाई अगाडि बढाउने र बलियो साझेदारीलाई बढावा दिने महत्वमा जोड दिएको छ।

बैठकमा इटालीका लागि नेपालका महावाणिज्यदूत प्रतिमा राणा पाण्डेले स्वागत मन्तव्य व्यक्त गर्दै एनआईसीसीआईका अध्यक्ष संजय अग्रवाललाई बधाई ज्ञापनका साथै पहिलो सस्करणको न्यूजलेटरको लागि बधाई तथा शुभकामना व्यक्त गरिन्।

नेपाल इटाली चेम्बर अफ कमर्शका मानार्थ सदस्य राजेशकाजी श्रेष्ठले विगतमा सफलतापुर्वक सम्पन्न भएका कार्यक्रमहरु साथै भविष्यका भावी योजनाहरुलाई इंगित गर्दै स्वागत मन्तव्य गरेका थिए।

 

प्रकाशित: Jun 06, 2023| 17:18 मंगलबार, जेठ २३, २०८०
प्रतिक्रिया दिनुहोस्