आइतबार, असोज १४, २०८०

एक्सन एड नेपालले मनायो ४०औं वार्षिकोत्सव

 |  मंगलबार, जेठ २३, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २३, २०८०

काठमाडौं- एक्सन एड अन्तर्राष्ट्रिय नेपालको १९औँ राष्ट्रिय सामाजिक लेखाजोखा र संस्थाको ४०औँ वार्षिकोत्सव मंगलबार काठमाडौंमा आयोजना हुने भएको छ। सामाजिक लेखाजोखा कार्यक्रममा एक्सन एड अन्तर्राष्ट्रिय नेपालले सन् २०२२ मा सम्पन्न गरेका कार्यक्रमको लागत, प्रभावकारिता र उपलब्धि प्रस्तुति तथा छलफल गरिने जनाएको छ।

sagarmatha cement

साथै विगत ४० वर्षदेखि गर्दै आएको कामबाट प्राप्त उपलब्धि पनि प्रस्तुत गरिने बताइएको छ। आयव्यय विवरणअन्तर्गत सन् २०२२ मा संस्थाको वार्षिक बजेट ४० करोड १९ लाख नौ रहेकोमा कुल खर्च ३१ करोड दुई लाख ९२ हजार भएको र उक्त खर्चमध्ये कार्यक्रमतर्फ ३१ करोड ९९ लाख ६५ हजार अर्थात् ८३ प्रतिशत, कोष अभिवृद्धितर्फ एक करोड ८८ लाख दुई हजार अर्थात् चार प्रतिशत, सुशासनतर्फ ४५ लाख ३९ हजार अर्थात् एक प्रतिशत र कार्यालय सहयोग तथा व्यवस्थापनतर्फ पाँच करोड ६८ लाख ९३ हजार अर्थात् १३ प्रतिशत खर्च भएको विवरण प्रस्तुत गरिने एक्सन एड नेपालले जनाएको छ।

एक्सन एड नेपाल नेपालमा गरिबीको अवस्था तथा सीमान्तकृत वर्गको हक, हित र उत्थानका लागि मानवअधिकारमुखी पद्धतिलाई अवलम्बन गरी विगत ४० वर्षदेखि गरिबी निवारण, सामाजिक न्याय र समानता तथा समताको पक्षमा क्रियाशील संस्था हो।

 

प्रकाशित: Jun 06, 2023| 17:17 मंगलबार, जेठ २३, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्