सोमबार, भदौ ९, २०८२

नारायण सापकोटाको उपन्यास ‘सेयरपुर’ बजारमा

लगानीकर्ताले सेयर बजारमा लगानी गर्दा पार गर्नुपर्ने चरण र भोग्नुपर्ने संघर्षलाई उपन्यासमा लिपिबद्ध गरिएको छ।
 |  मंगलबार, जेठ २३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २३, २०८०

vianetvianet

काठमाडौं– नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पूर्वअध्यक्ष नारायण सापकोटाद्वारा लिखित उपन्यास ‘सेयरपुर’बजारमा आएको छ। मंगलबार राजधानीमा आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो।

सेयर बजारका लगानीकर्तासमेत रहेका सापकोटाले उपन्यास ‘सेयरपुर’ मार्फत आफ्ना अनुभव साट्ने प्रयास गरेका छन्। लगानीकर्ताले बजारमा लगानी गर्दा पार गर्नुपर्ने चरण र भोग्नुपर्ने संघर्षलाई उपन्यासमा लिपिबद्ध गरिएको छ।

सेयर बजारबारे जनमानसमा रहेको भ्रम चिर्न आफूले उपन्यास लेखेको सापकोटाले बताए। ‘सेयर बजारलाई अहिले पनि धेरैले जुवा नै ठान्छन्। यसलाई लगानीको क्षेत्र मान्न अझै पनि आमनेपाली तयार छैनन्। यही भ्रम हटाउन उपन्यास लेखेको हुँ,’ उनले भने।

नेपालमा रहँदा लामो समय आर्थिक रिपोर्टिङ गरेका सापकोटा एक दशकदेखि अमेरिका बस्छन्। अमेरिकी सेयर बजारमा समेत उनको लगानी छ।

प्रकाशित: Jun 06, 2023| 16:57 मंगलबार, जेठ २३, २०८०
प्रतिक्रिया दिनुहोस्