आइतबार, वैशाख १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वास्तु शास्त्रअनुसार कस्तो हुनुपर्छ बालबालिकाको कोठा?

वास्तु शास्त्रअनुसार कस्तो हुनुपर्छ बालबालिकाको कोठा?

 |  मंगलबार, जेठ २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २३, २०८०

वास्तुशास्त्र प्राचीन विज्ञान हो। वास्तुको अर्थ हुन्छ आवासगृह अर्थात् घर र शास्त्रको अर्थ हुन्छ अनुशासन र निर्देश। यसर्थ, वास्तुशास्त्र भन्नाले घर वा कुनै संरचना कसरी निर्माण गर्ने भन्ने कुराको निर्देशलाई बुझिन्छ।

National life

वास्तुशास्त्रलाई आधुनिक समयको विज्ञान र आर्किटेक्चरको प्राचीन स्वरुप मान्न सकिन्छ। हिन्दू धर्मअनुसार वास्तु शास्त्रको पालन गरी बनाइएको घरमा बस्दा सुख, शान्ति एवं समृद्धि प्राप्त हुन्छ।

वास्तु शास्त्रअनुसार घर बनाउँदा घरका हरेक कुराहरुलाई ध्यानमा राखिन्छ। प्रवेशद्वार, भान्सा, पूजास्थल, पाहुना कोठा आदि सबै भागको विशेष ध्यान राखिन्छ।

वास्तु शास्त्रअनुसार बालबालिकाको प्रगति र विकासको लागि उनीहरुको कोठा निम्न कुरा ध्यानमा राखी बनाइएको हुनुपर्छ।

-  बालबालिका कक्ष पश्चिममा हुनु राम्रो मानिन्छ।
- पलंगको अगाडि नै ऐना, कम्प्युटर, टिभी आदि राख्नु हुँदैन।
- कोठाको बीच भाग सधैं खाली हुनुपर्छ।
- धेरै चहकिला बत्तीको प्रयोग गर्नु हुँदैन।
- बच्चाको पलंगलाई दक्षिण-पूर्व भागमा राख्नु उचित हुन्छ।
- सुत्दा टाउको पूर्व कि दक्षिण फर्किएको हुनुपर्छ।

kumari

 

प्रकाशित: Jun 06, 2023| 19:07 मंगलबार, जेठ २३, २०८०
प्रतिक्रिया दिनुहोस्