शुक्रबार, जेठ १, २०८३

२५.६६ अंकले बढ्यो नेप्से

 |  मंगलबार, जेठ २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २३, २०८०

काठमाडौं- मंगलबार सेयर बजारको परिसूचक नेप्से २५.६६ अंक बढेको छ। अंक वृद्धिपछि परिसूचक १९२७ अंकमा कायम भएको छ। कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा सामान्य बढेको छ। 

National life

सोमबार एक अर्ब ९७ करोडको धितोपत्र किनबेच भएकोमा मंगलबार एक अर्ब ९८ करोडको कारोबार भएको छ। 
कुल १८५ कम्पनीको मूल्य बढ्दा ३१ कम्पनीको घट्यो भने चार को स्थिर रहेको छ।

बैंकिङ १, विकास बैंक २७, फाइनान्स १८, होटल तथा पर्यटन २२५, जलविद्युत ७५, जीवन बीमा १५६, उत्पादन ४८, माइक्रोफाइनान्स ३२, निर्जीवन बिमा ४३१, अन्य ३ र ब्यापार उपसमूह २९ अंक बढे।

न्यादी हाइड्रो पावरको मूल्य ९.८ प्रतिशत बढ्यो। सोल्टी होटलको ८.७, प्रभु इन्स्योरेन्सको ८, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ७.८ प्रतिशत मूल्य बढ्यो। कारोबार रकमका आधारमा सोल्टी होटल, शिवम् सिमेन्ट, माथिल्लो तामाकोसी, नेपाल टेलिकम र आईएमई जनरल इन्स्योरेन्स कम्पनी क्रमशः अगाडि रहे।

प्रकाशित: Jun 06, 2023| 15:30 मंगलबार, जेठ २३, २०८०
प्रतिक्रिया दिनुहोस्