शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारले पहिलो पटक आफ्नोे नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो।
 |  मंगलबार, जेठ २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २३, २०८०

काठमाडौं– मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत हुँदै छ।

National life

आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए। 

मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारले पहिलो पटक आफ्नोे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ। 

प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट दिगो, फराकिलो एवं समावेशी आर्थिक वृद्धि हासिल गर्ने, सेवा प्रवाहमा सुधार र स्रोत–साधन परिचालनमा प्रभावकारिता कायम गर्नेतर्फ लक्षित हुने यसअघि प्रस्तुत गरिएको विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकतामा उल्लेख गरेको छ। 

मुख्यमन्त्री यादव नेतृत्वको सरकार गत वर्ष २९ पुसमा गठन भएको थियो भने सरकारमा जनता समाजवादी पार्टी (जसपा)सहित कांग्रेस, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहभागी छन्।

प्रकाशित: Jun 06, 2023| 10:41 मंगलबार, जेठ २३, २०८०
प्रतिक्रिया दिनुहोस्