मंगलबार, वैशाख ४, २०८१

यौन दुर्व्यवहार आरोपित मदन राई धरौटीमा रिहा 

 |  सोमबार, जेठ २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २२, २०८०

triton college
corrent noodles
Metro Mart

काठमाडौं- यौन दुर्व्यवहारको आरोप लागेका मदन राईलाई जिल्ला अदालत खोटाङका न्यायाधिश सुवासबाबु पुरीको इजलाशले चार लाख धरौटीमा रिहा गर्न आदेश दिएका छन्। जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक मञ्‍जिल मुकारङका अनुसार अदालतको आदेशसँग उनलाई रिहा गरिएको छ।
खोटाङको दिक्तेलस्थित 'शुभद्रा मदन फाउन्डेसन (शुभम)'का संस्थापक मदन राईले बालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोग लगाउँदै सरकारी वकिल कार्यालयले आइतबारमात्रै अदालतमा मुद्दा दायर गरेको थियो। 
उनीविरुद्ध बालबालिका ऐनको दफा ६६ को उपदफा ३ बमोजिमका विभिन्‍न कसुर गरेको भन्दै दफा ६७, दफा ७२ र ७५ को ३ (ख) अनुसार सजाय गर्न माग गर्दै मुद्दा दर्ता गरिएको थियो। 
ती व्यवस्था अनुसार बालबालिकाका अगाडि अश्लील तथा यौनजन्य आचरण वा व्यवहार झल्कने अभिव्यक्ति वा हाउभाउ प्रदर्शन गर्ने कार्यलाई बाल यौन दुर्व्यवहार गरेको मानिन्छ। त्यस्तै यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गर्ने, फकाउने, दबाब दिने वा धम्काउने कार्यलाई पनि बाल यौन दुर्व्यवहार गरेको उनीमाथि आरोप थियो। 
उनीमाथि र यौनजन्य मनसायले शरीरको संवेदनशील अंगमा स्पर्श गर्ने, चुम्बन गर्ने, समाउने, अंकमाल गर्ने वा आफ्नो वा अरू कसैको शरीरको संवेदनशील अंग छुन वा समाउन लगाउने वा यौनजन्य मनसायले बेहोस पार्ने वा यौनजन्य अंग प्रदर्शन गर्ने वा गर्न लगाउने कार्य गरेको अभियोग लगाइएको थियो। जसअनुसार ७५ को उपदफा ३ (ख) अन्तर्गत ७५ हजार रूपैयाँ जरिवाना र ३ वर्षसम्म कैद सजाय माग गरिएको थियो।
राईलाई पक्राउ गरेर अनुसन्धान थालेको २५ दिनका दिन प्रहरीले सरकारी वकिल कार्यालय समक्ष अनुसन्धान प्रतिवेदन पेश गरेको थियो। राईले आफूलाई पटकपटक यौन दुर्व्यवहार गरेको भन्दै दिक्तेल- ४ जाहेरी दिएकी थिइन्।  
उनले सात वर्षदेखि शुभम फाउन्डेसनमा बस्दै आएकी थिइन्। फाउन्डेसनमा बस्दा ७५ वर्षीय मदन राईले आफूमाथि पटकपटक ज्यानमा हात हाल्ने, यौन सम्पर्क गर्न सिकाइदिन्छु भन्ने, आफ्ना गुप्तांग देखाएर छुन लगाउने, ज्यान मालिस गर्न लगाउने लगायत कार्य गरेको आरोप लगाएकी थिइन्। 

प्रकाशित: Jun 05, 2023| 19:29 सोमबार, जेठ २२, २०८०
प्रतिक्रिया दिनुहोस्