मंगलबार, भदौ १०, २०८२

नेपाल र भारतबीच यसरी हुन्छ अन्तरदेशीय भुक्तानी

 |  सोमबार, जेठ २२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २२, २०८०

vianetvianet

काठमाडौं- एनपीसीआई इन्टरनेसनल पेमेन्ट्स लिमिटेड (एनआईपीएल) र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच भारतको युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) र नेपालको नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई) लाई इन्टिग्रेट गरी भारत र नेपाल बीचको अन्तरदेशीय डिजिटल भुक्तानीलाई सहज बनाउन एमओयू भएको छ।

Kumaribank

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा नयाँ दिल्लीको हैदराबाद हाउसमा एनआईपीएलका प्रमुख कार्यकारी अधिकृत रितेश शुक्ला र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानबीच एमओयू आदानप्रदान भएको हो।

आम नागरिक, विद्यार्थी, तीर्थयात्री र यात्रु (पर्यटक) हरूद्वारा गरिने फन्ड ट्रान्सफर एवं भुक्तानीलाई सहज बनाउँदै दुई देशबीच हुने क्रस बोर्डर आर्थिक कारोबारलाई थप सहज गर्नु उक्त सम्झौताको प्रमुख उद्देश्य छ।

प्रारम्भिक चरणमा भारत र नेपालका बैंकबीच इनवार्ड र आउटवार्ड ट्रान्सफरका लागि आवश्यक व्यवस्था मिलाउन भारतको यूपीआई र नेपालको एनपीआईबीच इन्ट्रिग्रेसन गरी हाल उपलब्ध भुक्तानी प्रणाली र विभिन्न च्यानललाई सबलीकरण गरिनेछ।

यसपछि क्रमशः मर्चेन्ट पेमेन्टलगायतका अन्य भुक्तानीलाई समेत कार्यान्वयनमा ल्याइनेछ। दुई देशबीचको रियल टाइम भुक्तानी प्रणालीलाई जोडेर क्रस बोर्डर भुक्तानी लागू हुने हुँदा यस इन्ट्रिग्रेसनलाई यस क्षेत्रको महत्वपूर्ण कोशेढुंगाको रूपमा लिइएको छ। यूपीआई  विश्वको सबैभन्दा इनोभेटिभ र एड्भान्स भुक्तानी पूर्वाधारमध्ये एक हो। यस इन्ट्रिग्रेसनले नेपालको भुक्तानी प्रणालीमा समेत थप सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Metro Mart

उक्त एमओयूको आधारमा एनसीएचएल र एनआईपीएलले प्राविधिक इन्टिग्रेसन, कानुनी तथा अनुपालनसम्बन्धी व्यवस्था र व्यावसायिक पक्ष समेतलाई अन्तिम रूप दिई क्रस बोर्डर भुक्तानीका विभिन्न कारोबारलाई क्रमिक रूपमा लागू गर्दै लग्नेछन्।

साथै, कारोबारको प्रकार र आवश्यकताअनुसार कारोबारको सीमा, शुल्क तथा अन्य जोखिम नियन्त्रणको व्यवस्था केन्द्रीय बैंकको आवश्यक सहमति तथा स्वीकृति अनुसार लागू गरिने एनसीएचएलले जनाएको छ।

एनआईपीएल नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डियाको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो। यसले नवीनतम प्रविधिको प्रयोग गरी भारतमा भुक्तानी कारोबारलाई रूपान्तरण गर्दै आएको छ।

भारतीय रिजर्ब बैंक र भारतीय बैंक संघको पहलमा स्थापना भएको एनपीसीआई भारतमा रिटेल भुक्तानी र सेटलमेन्ट प्रणालीहरू सञ्चालन गर्ने छाता संगठन हो। यसले भारतमा सबल डिजिटल भुक्तानी र सेटलमेन्ट पूर्वाधार सिर्जना गर्न कार्य गर्दै आएको छ।

त्यसैगरी, एनसीएचएल नेपाल राष्ट्र बैंकको नेतृत्वमा नेपालका सबै बैंक तथा वित्तीय संस्थाको सहभागितामा स्थापना भएको कम्पनी हो। राष्ट्रिय स्तरको भुक्तानी तथा राफसाफका प्रणाली स्थापना तथा सञ्चालन गर्दै आएको यस कम्पनीले हाल नेसनल पेमेन्ट स्विचअन्तर्गत रिटेल पेमेन्ट स्विच सञ्चालन गरी विभिन्न च्यानल प्लेटफर्ममार्फत सेवा प्रदान गर्दै आएको छ। साथै एनपीएसअन्तर्गत डोमेस्टिक कार्ड स्किम पनि कार्यान्वयनको क्रममा छ।

प्रकाशित: Jun 05, 2023| 17:37 सोमबार, जेठ २२, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार