शुक्रबार, जेठ १, २०८३

नेशनल लाइफको सबै वित्तीय सूचकांक सकारात्मक

 |  सोमबार, जेठ २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २२, २०८०

काठमाडौं- नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सोमबार कम्पनीको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा उक्त सभा सम्पन्न भएका हो।

National life

सभामा अध्यक्ष सिंहले विश्व अर्थतन्त्र कोभिड पश्चात विस्तारै लयमा फर्कने संकेत भइरहेकोमा विश्व अर्थतन्त्रमा चुनौति थपिएको बताईन्। उनले नेपालको सन्दर्भमा विशेषगरि तरलताको संकटले बीमा व्यवसाय चुनौतिपूर्ण भए पनि नियामक निकायले लिएको विभिन्न कदमहरुका बीमाको पहुँच बढेको बताईन्।

अर्थिक वर्ष २०७८/०७९ मा कम्पनीको सबै वित्तिय सूचकांक सकारात्मक नै रहेका छन्। कम्पनीको कूल बीमाशुल्क १५ प्रतिशतले वृद्धि भई १४ अर्ब ४० करोड ७६ लाख पुगेको छ। जीवन बीमा कोष २० दशमलव ८४ प्रतिशतले वृद्धि भई ५० अर्ब ८० करोड ४२ लाख पुगेको छ। कूल लगानी १९ दशमलव ८५ प्रतिशतले वृद्धि भई ४७ अर्ब ३ करोड ९२ लाख पुगेको छ।

 

प्रकाशित: Jun 05, 2023| 17:35 सोमबार, जेठ २२, २०८०
प्रतिक्रिया दिनुहोस्